Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

तरकारी र फलफुलमा ब्यापक विषादी, हानिकारक ठहरियो तर कारबाही भएन

 

\"\"झापा । तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुन थालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको दैनिक नमूना परीक्षण हुनथालेको हो ।

द्रुत प्रयोगशालाले थोक बजारबाट कृषि उपजको आफै नमूना संकलन गरेर विषादीको अवशेष परीक्षण गर्दै आएको छ । परीक्षणको रिपोर्ट एक घण्टाभित्रै निस्कने गरेको छ । प्रयोगशालाले नियमित जाँच गर्दा निस्कने रिपोर्ट निर्देशनालयमा पठाउने काम गरिरहेको छ । विर्तामोडमा जाँचिएका केही नमूनामा भने मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने तहसम्मको विषादी फेला परेको रिपोर्ट आएको बताइएको छ । “हामी नमूना परीक्षण गरेर त्यसको रिपोर्ट काठमाडौँ पठाउने काम गर्छौँ,” प्रयोगशालाका प्रमुख राजेन्द्र खरेलले भने “कारबाही गर्ने अधिकार हामीलाई छैन ।” गत जेठदेखि विर्तामोडको द्रुत प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गर्न थालेको हो । यस अवधिमा प्रयोगशालाले २६० वटा नमूना परीक्षण गरिसकेको छ । प्रयोगशालाले विषादीको अवशेष भेटिएका कृषि उपजका बारेमा सम्बन्धित व्यापारीलाई मौखिक रुपमा सचेत गराउँदै आएको छ । हानिकारक तरकारी तथा फलफूल नष्ट गर्ने काम भने प्रयोगशालाले गदैन् । सो काम गर्ने अधिकार बजार विकास समितिसँग भएको खरेलले बताए । विषादीको मात्रा भेटिएका कृषि उपजको बिक्रीमा बन्देज लगाउनु पर्नेे उपभोक्ता संरक्षण मञ्च झापाकी अध्यक्ष मञ्जु सिटौला पोखरेल बताउँछन् । विषादी भएका वस्तु नष्ट गर्न नगरपालिका, गाउँपालिका, स्थानीय प्रशासन, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघले सहकार्य गर्नुपर्ने उनको भनाइ छ । जाँच गर्दा भारतबाट आयातित् काउलीमा सबैभन्दा बढी र करेलामा सबैभन्दा न्यून विषादीको मात्रा फेला परेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending