Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

जोडीलाई आकर्षित गर्न डाइनोसोरका सिङ ?

[caption id=\"attachment_180085\" align=\"alignleft\" width=\"750\"]\"\" कलाकारले बनाएका सेराटोप्सिएन डाइनोसोरका दुई प्रजातिका आकृति[/caption] जोडीलाई आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरहरूको टाउकोमा सिङ‍ र झल्लर विकसित भएको हुनसक्ने एउटा अनुसन्धानले देखाएको छ । पहिला सेराटोप्सिएन भनिने एकसिङ्गे डाइनोसोरहरूमा ती शृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन विकसित भएको भन्ठानिएको थियो । तर हालै रोयल सोसाइटी जर्नलमा प्रकाशित एउटा शोधले त्यो मान्यताको खण्डन गरेको छ । आक्रामक देखिने ती रक्षात्मक अवयवहरू वास्तवमा डाइनोसरमा आफूलाई उपयुक्त जोडीका रूपमा चिनाउन विकसित भएको हुनसक्छ । यसलाई सामाजिक-यौनिक छनोट भनिन्छ । \'सबैले आफ्नो गुण र आनुवंशिक संरचनाको विज्ञापन गर्छन्,\' शोधका मुख्य लेखक एन्ड्र्यु न्यापले बताए । हामीले त्यो मयूरहको पुच्छरको प्वाँखमा पनि देख्छौँ ।\' [caption id=\"attachment_180086\" align=\"alignleft\" width=\"750\"]\"\" क्यास्मोसोरसको अस्थिपञ्जर[/caption] दुई प्रजातिलाई छुट्याउन सक्ने लक्षणहरू भाले र पोथीलाई चिन्न सकिने लक्षणभन्दा प्राय: कम विस्तृत हुन्छन् । अरू प्रजातिसँगको समागम रोक्न केही मिहीन लक्षणहरू आवश्यक हुन्छन् । यदि आकर्षित हैन विकर्षित गराउने उद्देश्य छ भने क्रमविकासका लागि थप प्रयास आवश्यक हुँदैन । प्रारम्भमा सो शोधले सेराटोप्सिएन डाइनोसोरहरूमा भएका विशिष्ट सिङ र झल्लरहरू अन्तर्प्रजातीय भेदका हुन् कि हैनन् भनेर निर्क्योल गर्ने उद्देश्य राखेको थियो । यसअघि गरिएका अनुसन्धानहरूले ती अवयवहरू प्रतिरक्षा र शरीरको तापक्रम नियन्त्रण गर्न उपयोग नहुने गरेको निष्कर्ष निकालेका थिए । \'तिनको पुराजीवविज्ञान बुझ्न डाइनोसोरका जीवाश्महरूको अझ विस्तृत रूपमा अध्ययन हुनु उत्साहप्रद छ\' क्यानडास्थित क्याल्गरी विश्वविद्यालयका पुराजीवविज्ञानका प्राध्यापक डा डार्ला जेलेनित्स्कीले भनिन् । थाहा भएका सबै सेराटोप्सिएन प्रजातिका डाइनोसोरका जीवाश्मका प्रमाणहरूको स्थान र कालखण्डको विश्लेषण गरिएको थियो ।\' [caption id=\"attachment_180088\" align=\"alignleft\" width=\"750\"]\"\" सेराटोप्सिएन डाइनोसोरमा सिङ र झल्लर हुने गर्थे[/caption] \'यीमध्ये केही अवयवहरू सम्भवत: केही समय केही हदसम्म सिकारीसँग आफ्नो प्रतिरक्षा गर्न, पृथक् प्रजातिका सदस्यहरूलाई चिनाउन प्रयोग हुन्थे\' उनले भनिन् । तर तिनको क्रमविकासका लागि यी मूल कारण थिएनन् ।\' जेलेनित्स्की उक्त शोधमा संलग्न थिइनन् ।\' अब यी शृङ्गारिक अवयवहरू क्रमिक रूपमा सामाजिक-यौनिक छनोटका लागि विकसित भएका हुन् कि हैन भनेर थप अनुसन्धान गरिने छ ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending