Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

जोडीलाई आकर्षित गर्न डाइनोसोरका सिङ ?

[caption id=\"attachment_180085\" align=\"alignleft\" width=\"750\"]\"\" कलाकारले बनाएका सेराटोप्सिएन डाइनोसोरका दुई प्रजातिका आकृति[/caption] जोडीलाई आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरहरूको टाउकोमा सिङ‍ र झल्लर विकसित भएको हुनसक्ने एउटा अनुसन्धानले देखाएको छ । पहिला सेराटोप्सिएन भनिने एकसिङ्गे डाइनोसोरहरूमा ती शृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन विकसित भएको भन्ठानिएको थियो । तर हालै रोयल सोसाइटी जर्नलमा प्रकाशित एउटा शोधले त्यो मान्यताको खण्डन गरेको छ । आक्रामक देखिने ती रक्षात्मक अवयवहरू वास्तवमा डाइनोसरमा आफूलाई उपयुक्त जोडीका रूपमा चिनाउन विकसित भएको हुनसक्छ । यसलाई सामाजिक-यौनिक छनोट भनिन्छ । \'सबैले आफ्नो गुण र आनुवंशिक संरचनाको विज्ञापन गर्छन्,\' शोधका मुख्य लेखक एन्ड्र्यु न्यापले बताए । हामीले त्यो मयूरहको पुच्छरको प्वाँखमा पनि देख्छौँ ।\' [caption id=\"attachment_180086\" align=\"alignleft\" width=\"750\"]\"\" क्यास्मोसोरसको अस्थिपञ्जर[/caption] दुई प्रजातिलाई छुट्याउन सक्ने लक्षणहरू भाले र पोथीलाई चिन्न सकिने लक्षणभन्दा प्राय: कम विस्तृत हुन्छन् । अरू प्रजातिसँगको समागम रोक्न केही मिहीन लक्षणहरू आवश्यक हुन्छन् । यदि आकर्षित हैन विकर्षित गराउने उद्देश्य छ भने क्रमविकासका लागि थप प्रयास आवश्यक हुँदैन । प्रारम्भमा सो शोधले सेराटोप्सिएन डाइनोसोरहरूमा भएका विशिष्ट सिङ र झल्लरहरू अन्तर्प्रजातीय भेदका हुन् कि हैनन् भनेर निर्क्योल गर्ने उद्देश्य राखेको थियो । यसअघि गरिएका अनुसन्धानहरूले ती अवयवहरू प्रतिरक्षा र शरीरको तापक्रम नियन्त्रण गर्न उपयोग नहुने गरेको निष्कर्ष निकालेका थिए । \'तिनको पुराजीवविज्ञान बुझ्न डाइनोसोरका जीवाश्महरूको अझ विस्तृत रूपमा अध्ययन हुनु उत्साहप्रद छ\' क्यानडास्थित क्याल्गरी विश्वविद्यालयका पुराजीवविज्ञानका प्राध्यापक डा डार्ला जेलेनित्स्कीले भनिन् । थाहा भएका सबै सेराटोप्सिएन प्रजातिका डाइनोसोरका जीवाश्मका प्रमाणहरूको स्थान र कालखण्डको विश्लेषण गरिएको थियो ।\' [caption id=\"attachment_180088\" align=\"alignleft\" width=\"750\"]\"\" सेराटोप्सिएन डाइनोसोरमा सिङ र झल्लर हुने गर्थे[/caption] \'यीमध्ये केही अवयवहरू सम्भवत: केही समय केही हदसम्म सिकारीसँग आफ्नो प्रतिरक्षा गर्न, पृथक् प्रजातिका सदस्यहरूलाई चिनाउन प्रयोग हुन्थे\' उनले भनिन् । तर तिनको क्रमविकासका लागि यी मूल कारण थिएनन् ।\' जेलेनित्स्की उक्त शोधमा संलग्न थिइनन् ।\' अब यी शृङ्गारिक अवयवहरू क्रमिक रूपमा सामाजिक-यौनिक छनोटका लागि विकसित भएका हुन् कि हैन भनेर थप अनुसन्धान गरिने छ ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending