Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

अबको पालो विकास र समृद्धिः तिमिल्सिना

\"\"पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धिको भएको बताएका छन्। राष्ट्रियसभामा निर्वाचित भए पनि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै लामो समयको संघर्षपछि मुलुकमा दिगो सरकार बनेकाले समृद्धिको निम्ति काम गर्नुपर्ने बेला आएको बताएका हुने । उनले पहिले संघीय संरचना र प्रदेशका लागि आवश्यक कानून निर्माण गर्ने र त्यसपछि सबै तहमा काम गर्न सहज हुने उल्लेख गर्दै नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेकाले यिनै स्रोतहरुको भरपूर प्रयोग गर्नुपर्नेमा जोड दिए । कृषि, पर्यटन, जलस्रोत, खानीको अपार सम्भावना भए पनि स्थिर सरकार नहुँदा तिनीहरु टुंगोमा पुग्न नसकेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब समृद्ध राष्ट्र बनाउनका लागि वातावरण बनेको समेत बताए । तिमिल्सिनाले हिजो संविधान निर्माण गर्दा जसरी सबै दलको सहमतिमा बन्यो त्यही रुपमा मुलुकको नवनिर्माणका लागि अघि बढ्नुपर्ने बताए । उनले संघीय संसद् र प्रदेश संसद्मा आवश्यक कानून नहुँदा काम गर्न कठिनाइ भएको बताउँदै दुवै तहमा शीघ्र नीति र कानून निर्माण गरेर अघि बढ्न आफू तयार रहेको बताए । तिमिल्सिनाले सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य तथा मान्यतामा आधारित भएर आफूले काम गर्ने बताए । उनले लोकतन्त्र बचाउन र राष्ट्रियसभाको गरिमा बचाउँदै यसको मूल्य र मान्यताको रक्षाका लागि आफूहरूले भरपूर प्रयास गर्ने स्पष्ट पारे। सो अवसरमा तिमिल्सिनालाई जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending