Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

गृहमन्त्री बादलको आक्रोशः कुकुरलाई ओछ्यानमा सुताएर मान्छेलाई बाहिरै राख्ने हर्कत स्वीकार्य छैन

\"\"काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले जातीय विभेदमा संलग्न हुने जो जोही कोहीलाइृ कडा कारवाही हुने बताएका छन् । राजधानीको भृकुटिमण्डपस्थित् पर्यटन बोर्डमा अन्तरपार्टी दलित महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले संसारमा जातीयको आवरणमा हुने हिंसाको अन्त्य लागि विश्व जुटिरहेको बताए । देशमा ठूलो परिवर्तन पछि संविधानमा धेरै अधिकार सुरक्षित भएको बताउँदै मन्त्री बादलले व्यवहारमा ती अधिकारहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने बताए । नेपाली समाजमा कुकुरलाई ओछ्यानमा सुताउने मानिसलाई ढोका भित्र छिर्न नदिने परम्परा रहेको भन्दै मन्त्री बादलले यस्ता हर्कत स्वीकार्य नहुने बताए । ‘फरक जातिसँग विहे गरेकै कारण मारिनु पर्ने, धारा, मन्दिरमा छुन, पस्न नमिल्ने,’ प्रतिप्रश्न गर्दै मन्त्री बादलले भने, ‘कुकुरलाई ओछ्यानमा सुताउने मानिसलाई ढोका भित्र छिर्न नदिने यस्तो खाले हर्कत कसैलाई स्वीकार्य हुँदैन।’ गृहमन्त्रालय पनि जातीय विभेदका हिंसात्मक घटनाहरुको अन्त्यको लागि अभियान चलाईरहेको भन्दै मन्त्री बादलले यसमा अन्तर पार्टी दलित महिला सञ्जाले साथ दिनुपर्ने बताए । ‘संसारमा जातीयको आवरणमा हुने हिंसाको अन्त्य लागि विश्व जुटिरहेको छ, गृहमन्त्रालय पनि जातीय विभेदका हिंसात्मक घटनाहरुको अन्त्यको लागि अभियान चलाईरहेको छ,’ उनले भने, ‘यसमा अन्तर पार्टी दलित महिला सञ्जाले साथ दिनुपर्छ, म विभेदका घटनामा संलग्नलाई कठोर कारबाही गर्न तयार छु, ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending