Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सञ्चय कोषमा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्न सकिने

\"\"काठमाडौं । कर्मचारी सञ्चय कोषले संस्थागत रुपमा काम नगर्नेलाई समेत व्यक्तिगत रुपमा कोष कट्टीको सुविधा दिने भएको छ । कर्मचारी सञ्चय कोष ऐन, २०१९ को नवौँ संशोधनपछि कोषले अनौपचारिक क्षेत्रमा काम गर्नेलाई पनि कोष कट्टीको सुविधा दिन लागेको हो । कोषले वैदेशिक रोजगारीमा रहेकालाई समेत कोष जम्मा गर्ने सुविधा दिने तयारी गरेको कोषका कार्यवाहक प्रशासकीय प्रमुख दीपक रौनियारले जानकारी दिए। कोषले कोष वृद्धि गरेर रु सात खर्ब पु¥याउने तयारी गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगारमा रहेका तथा व्यक्तिगत रुपमा कुनै व्यापार तथा व्यवसायसमेत गर्नेलाई समेत कोष कट्टा गर्ने सुविधा दिन लागेको हो । सरकारले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा सो कार्यक्रमलाई समेत कोषमार्फत अगाडि बढाउन दिन आग्रह गरेको छ । कोषमा रकम जम्मा गर्दै आएका सञ्चयकर्तालाई थप सुविधा प्रदान गर्न सेवाको विविधीकरण गर्न लागिएको हो । सेवालाई विस्तार तथा विविधीकरण गर्ने लक्ष्यका साथ कोषले आफ्ना कार्यक्रम विस्तार गर्न लागिएको हो, कोषका कार्यवाहक प्रशासकीय अधिकृत रौनियारले भने, ‘हामी रोजगारीमा रहेका तथा नरहेका सबैलाई समेटेर सेवा विस्तार गर्न लागेका छौँ ।’ वैदेशिक रोजगारीमा रहेका युवाले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेकाले वृद्धावस्थामा समेत सहज जीवनयापनका लागि सहयोग गर्ने लक्ष्यका साथ कोषले वैदेशिक रोजगार बचत कोष सञ्चालनमा ल्याउन लागेको हो । वैदेशिक रोजगारमा हालसम्म करिब ५० लाख युवा कार्यरत छन् । उनीहरुले स्वदेश पठाउने विप्रेषण अनौपचारिक क्षेत्रमा बढी खर्च भइरहेको र बचत गर्ने संस्कृतिसमेत नभएकाले नागरिकलाई थप सुविधासमेत दिन लागिएको हो । कोषका विभागीय प्रमुख अर्जुनकुमार गौतमले कोष कट्टी सेवालाई विस्तार गरेर व्यक्तिगत रुपमा पनि कोष कट्टी गर्ने र वैदेशिक रोजगारमा गएकालाई समेत सेवाको दायरामा ल्याउन पहल गरिएको हो । कोषको सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । सञ्चालक समितिले आवश्यक निर्णय गरेपछि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ । नियमावलीसमेत अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै विभागीय प्रमुख गौतमले रोजगारीमा रहेका, नरहेका तथा वैदेशिक रोजगारीमा रहेका सबैलाई एकमुष्ट रुपमा सेवा दिन लागिएको जानकारी दिए । कोषले सरकारी निजी एवं संगठित क्षेत्रका कर्मचारीको सञ्चय कोषको व्यवस्थापन गर्दै आएको छ । यस्तै स्वरोजगार र वैदेशिक कामदारका लागि कोष व्यवस्थापन गर्ने, सञ्चयकर्ताका लागि निवृत्तिभरण योजना र अन्य सामाजिक सुरक्षाका योजना सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ । कोषमा पछिल्लो दिनमा गैरसरकारी संस्था वा संगठित क्षेत्रका कोष कट्टी गर्दै आएको छ । कोषमा हाल सात लाखले कोष कट्टी गर्दै आएका छन् । कोषले विगत ५६ वर्षदेखि कोष कट्टीको सेवा दिँदै आएको छ । कोषले कुनै पनि संगठित संस्थामा न्यूनतम १० जनासम्म कर्मचारी कार्यरत रहेको अवस्थामा कोष कट्टी सेवा दिँदै आएको थियो । कोषमा हाल दुई खर्ब ५५ अर्ब २९ करोड रहेको छ । आव २०७३÷७४ को लेखा परीक्षणसमेत गरिसकेको छ । आव २०७२÷७३ मा कोषमा दुई अर्ब २४ अर्ब ७० करोड रहेको थियो । यस्तै कोषले कूल दुई खर्ब ४९ अर्ब ३३ करोड लगानी गरेको छ । आव २०७२÷७३ मा त्यस्तो लगानी दुई खर्ब १८ अर्ब ३६ करोड रहेको थियो । कोषले आव २०७३÷७४ मा एक खर्ब ८९ अर्ब खुद मुनाफा गरेको छ । यस्तो मुनाफा २०७२÷७३ मा एक खर्ब ५८ अर्ब रहेको थियो । कोषले नागरिक उड्डयन, जलविद्युत्जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending