Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

अमेरिकाले कर लगाए युरोपले बदला लिने ?

\"\"युरोपेली युनियनले अमेरिकाले स्टील तथा एलुमिनियम आयातमा चर्को कर लगाउने निर्णय कार्यान्वयन गरे आफूले बदलास्वरुप अमेरिकी वस्तुहरुमाथि निशाना लगाउन ती वस्तुको सूचीमाथि विचार गरिरहेको बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील तथा एलुमिनियमको आयातमा चर्को कर लगाउने घोषणा गरेका थिए। युरोपेली युनियनकी व्यापार आयुक्त सेसिलिया माल्मस्टर्मले सुन्तलाको जुस, पिनट बटर तथा बोर्बन ह्विस्कीका केही प्रकारजस्ता वस्तुलाई इयुले निशानामा पार्न सक्ने बताइन्। अमेरिकी राष्ट्रपतिले चर्को आयात कर लगाउने विषयलाई राष्ट्रिय सुरक्षासँग जोडेकोमा पनि उनले आपत्ति प्रकट गरिन्। अमेरिकी राष्ट्रपतिको योजनाले सबभन्दा बढी मार उसकै सहयोगी तथा साझेदार राष्ट्रहरुलाई पर्ने भन्दै उनले ती मुलुकले अमेरिकी राष्ट्रिय सुरक्षामा कहिल्यै खतरा नपारेको बताइन्। \"हामीले बुझेका छैनौं कसरी युरोपेली साझेदार, मित्र तथा नेटोका सदस्य राष्ट्रहरु अमेरिकाका निम्ति सुरक्षा खतरा हुन सक्छन् भनेर। त्यसो भनिनु निकै अन्यायपूर्ण हुन्छ,\" इयुकी व्यापार आयुक्त माल्मस्टर्मको भनाइ। राष्ट्रपति ट्रम्पको उक्त प्रस्तावले देशभित्र तथा बाहिर चर्को विरोध खेपिरहेको छ। उनका वरिष्ठ आर्थिक सल्लाहकार ग्यारी कोनले सो प्रस्तावप्रति असहमति व्यक्त गर्दै राजीनामा दिएका छन्। यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली युनियनको व्यापार सम्बन्धी नियमहरुले अमेरिकी कम्पनीलाई उनीहरुसँग व्यापार गर्न असम्भव बनाएको बताए। ह्वाइट हाउसमा स्वीडेनका प्रधानमन्त्रीलाई भेट्दै ट्रम्पले कर लगाउने योजनाको बचाउ गरे र अन्य देशले अमेरिकाबाट दशकौंदेखि लाभ उठाइरहेको बताए। स्वीडिस प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली युनियन संयुक्त राज्य अमेरिकासँग निकै कठोर भएको बताएका थिए। ट्रम्पले यदि इयुले बदला लिए अमेरिकाले युरोपेली गाडीहरुमा २५ प्रतिशत कर लगाउने बताए। ट्रम्पले उनको योजनाविरुद्ध आपत्ती जनाएका अमेरिकी व्यापार साझेदारहरुले उनीहरूको निर्णयलाई धेरै मनपराउने र इज्जत गर्ने बताए। सबैजसो साझेदारसँगको व्यापारमा नोक्सानी भइरहेकाले अमेरिकाका लागि व्यापारिक युद्ध राम्रो हुने र उसले त्यसलाई सजिलै जित्ने ट्रम्पले दोहोर्‍याए। स्टीलमा २५ र एलुमिनियम आयातमा १० प्रतिशत कर लगाउने ट्रम्पको गत हप्ताको घोषणाले विश्वभर कडा प्रतिक्रियाहरु आएका छन्।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending