Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

नेइमारबिनाको पिएसजी घरेलु मैदानमा रियल मड्रिडसँग स्तब्ध

\"\"पिएसजीलाई हराउँदै युरोपियन च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटर्फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति पेरिसमा भएको खेलमा फ्रेन्च लिग वान फुटबल लिडर पेरिस सेन्ट–जर्मेन पिएसजीलाई उसकै मैदानमा २–१ ले हराउँदै समग्रमा ५–२ को जितसहित स्पेनिस क्लब रियल मड्रिडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । यसअघि घरेलु मैदानमा भएको पहिलो लेगमा रियल ३–१ ले विजयी भएको थियो । दोस्रो लेगमा रियललाई जिताउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र कास्मेइरोले गोल गरे। पिएसजीका लागि एडिसन काभानीले एक गोल गरेका थिए। नेइमार बिनाको पिएसजीले पहिलो हाफमा भ्रमण टोली रियललाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा रोक्न सकेन। खेलको ५१ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेलमा भ्रमणकारी टोलीलाई अग्रता दिलाए । त्यसपछि ६६ औँ मिनेटमा वेर्राट्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो। तर त्यसको पाँच मिनेटपछि काभानीले पिएसजीका लागि बराबरी गोल फर्काए । १० खेलाडी भएको फाइदा उठाउँदै ८० औँ मिनेटमा कास्मेइरोले रियलका लागि दोस्रो गोल गरेपछि खेलमा २-१को अग्रता लियो। त्यसपछि खेलमा कुनै तर्फबाट गोल भएन र रियल दोस्रो लेगमा पनि विजयी हुँदै सहज रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भयो। घरेलु लिगमा लगभग उपाधि नजिक रहेको पिएसजी च्याम्पियन्स लिगमा भने कमजोर देखियो। रियल भने ला लिगामा तेस्रो स्थानमा छ, साबिक विजेता रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ । कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरीएको रियल मड्रिडको यो सिजन उपाधि आश अब च्याम्पियन्स लिग फुटबलमा मात्रै अडिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies