Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

पाकिस्तानी प्रधानमन्त्री अब्बासी र प्रचण्डबीचको भेटमा के-के भयो छलफल ?

\"\"काठमाडौं । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । होटेल हायातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । भेटका अवसरमा नेपाल भ्रमणमा आउनुभएकोमा स्वागत गर्नुहुँदै अध्यक्ष प्रचण्डले पाकिस्तानले नेपालको शान्ति प्रक्रिया, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पुर¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । अध्यक्ष प्रचण्डले नेपालले सफलतापूर्वक संघीय संरचना अन्तर्गतका सबै तहको निर्वाचन सम्पन्न गरेको बताउनुहुँदै अबको प्राथमिकता स्थायित्व, सुशासन, विकास र समृद्धि हासिल गर्ने रहेको बताए । “यो प्रक्रियामा पाकिस्तानबाट हामीले विगत झैं सहयोग चाहेका छौं” अध्यक्षले भने । अध्यक्ष प्रचण्डले भेटका अवसरमा दक्षिण एशियामा शान्ति, स्थायित्व र समृद्धिका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महत्वपूर्ण भूमिका बताउनुहुँदै सार्कले क्षेत्रीयस्तरमा व्यापार, लगानी, पर्यटन तथा कनेक्टिभिटी जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । नेपालले सबैखाले आतंकवादको बिरोध गर्दै आएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले आतंकवाद, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, लागु औषधको तस्करी, क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका मुद्दामा दुबै देशबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे । भेटका अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताउनुहुँदै निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नेपालको भविष्य निकै उज्वल हुने धारणा व्यक्त गरे । दक्षिण एशियामा शान्ति, समृद्धिका पक्षमा पाकिस्तान र नेपालले भूमिका खेल्दै आएको बताउनुहुँदै प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानको भ्रमणको निम्तो दिएको समेत जानकारी गराए । पाकिस्तानमा प्राविधिक शिक्षा पढ्न नेपाली विद्यार्थीहरुका लागि छुट्टयाइएको कोटा दोब्बर गरिएको जानकारी गराउदै प्रधानमन्त्री अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने बताए । अहिले पाकिस्तानको मुख्य चुनौती आतंकवाद रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अब्बासीले आतंकवाद दक्षिण एशियाका साझा शत्रु भएको बताए । पाकिस्तानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलनको आयोजना गर्ने तयारीमा जुटेको उनले बताए । पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीसँगको भेटमा प्रचण्डसँगै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending