Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

पाकिस्तानी प्रधानमन्त्री नेपाल अाउनुको रहस्य यस्तो पो रहेछ

\"\"काठमाडाैं । पाकिस्तानले आफ्ना प्रधानमन्त्री शाहिद खाकन अब्बासीको नेपाल भ्रमणलाई दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध थप विस्तार गर्ने आफ्नो पहलकदमीको रूपमा व्याख्या गरेको छ ।

दुई दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री अब्बासी सोमबार (अाज) दिउँसो काठमाडाैं आइपुग्दैछन् । उनले आफ्ना समकक्षी केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पक्षीय हितका विषयमा कुराकानी गर्ने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग सोमवार नै भेटवार्ता गर्ने कार्यक्रम रहेका पाकिस्तानी प्रधानमन्त्रीलाई सैनिक मञ्चमा विशेष सम्मान दिने तयारी नेपाल सरकारको छ ।
भारतको द हिन्दु पत्रिकाकी कूटनीतिक सम्पादक सुहासीनी हैदरले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, \'पाकिस्तानी प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल जाँदैछन्… काठमाडाैंले भारतलाई भन्दा पहिला निम्तो दिएको हो कि प्रधानमन्त्री मोदी जान नसकेका हुन् ?\'
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री अब्बासीको भ्रमणको उद्देश्य क्षेत्रीय देशहरूसँग सम्बन्ध बढाउने दिशातर्फको \'पहलकदमी\' हो । आइतबार जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, \"यो भ्रमणका क्रममा सार्कलाई एउटा बलियो र महत्त्वपूर्ण क्षेत्रीय संगठनका कसरी बनाउने भन्नेबारे पनि छलफल हुनेछ ।\" नेपालमा हालै भएका संसदीय चुनावपछि वामपन्थी दलहरूको शक्तिशाली सरकार बनेयता काठमाण्डू भ्रमण गर्ने अब्बासी पहिलो विदेशी सरकार प्रमुख हुन् । यो भ्रमणमा नेपालसँग व्यापार, शिक्षा, पर्यटन, रक्षा र जनसम्पर्क जस्ता विषयमा पनि छलफल गर्ने पाकिस्तानले जनाएको छ । पाकिस्तानले सार्कको विषयमा पनि छलफल हुने बताए पनि नेपालको परराष्ट्र मन्त्रालयले त्यसबारे केही उल्लेख गरेको छैन । नेपाल हाल सार्कको अध्यक्ष रहेको छ र पाकिस्तानलाई उक्त जिम्मेवारी हस्तान्तरण गर्न प्रतीक्षारत छ । सार्क शिखर सम्मेलनको आयोजना गरेर सन् २०१६ को नोभेम्बरमा नै पाकिस्तानले सार्कको अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेको थियो। तर युरीस्थित आफ्नो सैनिक ब्यारेकमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले मिति तय भइसकेको सम्मेलन बहिष्कार गरेको थियो । त्यसपछि अफगानिस्तान, बांग्लादेश र भुटानले पनि सहभागी नुहने बताएपछि सार्क शिखर सम्मेलन स्थगित भएको थियो । पाकिस्तानमा हुनुपर्ने उक्त १९ औँ शिखर सम्मेलन त्यसयता अनिश्चित बनेको छ । त्रिभूवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख खड्ग केसी अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएकाले पाकिस्तानले सार्कमा आफ्नो भूमिका बढाउन चाहिरहेको बताउँछन् । उनले भने, \"खासगरी राष्ट्रपति ट्रम्प सत्तामा आइसकेपछि पाकिस्तानको अमेरिकासँग विगतमा जस्तो सुखद सम्बन्छ छैन, अमेरिकाले पनि इन्डो प्यासिफिक एलायन्स भनेर भारतसँगको सम्बन्धमा जोड दिएको छ। हाल पाकिस्तान चीनको बेल्ट एण्ड रोड अवधारणाको प्रमुख साझेदार रहेको छ। तर अमेरिकाको साथ नपाउँदा क्षेत्रीय स्तरमा भारतसँग प्रतिस्पर्धा गर्ने उसको आत्मविश्वास केही कमजोर बनेको देखिन्छ ।\" \"नेपालमा पनि नयाँ र आत्मविश्वासी प्रकृतिको सरकार बनेकाले सार्कलाई क्रियाशील बनाएर यो क्षेत्रमा आफ्नो भूमिकालाई अलिकति सुदृढ पार्ने उसको चाहना हुनसक्छ ।\" नेपाली अधिकारीहरूले पनि पाकिस्तानी तत्परतामा नै प्रधानमन्त्री अब्बासी काठमाण्डू आउन लागेको पुष्टि गरेका छन् । प्रधानमन्त्री निकट नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार उनीसँग \'दुई पक्षीय मामिलामा छलफल गर्ने\' ओलीको तयारी छ । \"हामीले अहिलेसम्म दुई पक्षीय विषयवस्तुबारे मात्रै छलफल गर्ने तयारी गरेका छौँ। तर उहाँहरूको प्रस्तावमा सार्कबारे पनि कुराकानी हुन सक्छ ।\" इस्लामाबादबाट हुन लागेको उच्च तहको नेपाल भ्रमणलाई लिएर पाकिस्तानको परम्परागत प्रतिद्वन्द्वी रहेको भारतमा चासोहरू व्यक्त भइरहेको देखिन्छ । भारतको द हिन्दु पत्रिकाकी कूटनीतिक सम्पादक सुहासीनी हैदरले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, \"पाकिस्तानी प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल जाँदैछन्… काठमाडाैंले भारतलाई भन्दा पहिला निम्तो दिएको हो कि प्रधानमन्त्री मोदी जान नसकेका हुन् ?\" सन् २०१७ को एप्रिलमा एकजना पूर्व पाकिस्तानी सैनिक अधिकारी कर्णेल मोहम्मद हबिब नेपालको लुम्बीनी क्षेत्रबाट बेपत्ता भएका थिए । हालसम्म \'हराइरहेका\' भनिएका उनको अवस्थाबारे पाकिस्तानले भारतलाई पत्र लेखेर सोधेको विवरणहरु आएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending