Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

आगलागीमा गम्भीर घाइते दलित महिलाको मृत्यु

 

\"\"खोटाङ । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । उपचारमा सुधार नआएपछि बिरामी रत्नमायाले हातको इसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको भतिजा एकराज सार्कीले बताए । सार्कीलाई उपचारका लागि स्थानीय जनप्रतिनिधिको अगुवाइमा तत्कालै रु एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो । काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending