Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि विश्वासको मत लिने

\"\"धनगढी । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले भोलि विश्वासको मत लिन लागेका हुन । तर, प्रदेश संसदमा एमाले र माओवादी केन्द्रको सुविधाजनक बहुमत भएकाले निर्धारित समयभन्दा अगाडि सरकारले विश्वासको मत लिन लागेको हो । ५३ सदस्यीय प्रदेश संसदमा एमाले र माओवादीका ३९ सदस्य रहेका छन् । आइतबार बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न शनिबार सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा बसेको बैंठकले मुख्यमन्त्रीले बिश्वासको मत लिने मिति तोकेको जनाइएको छ । प्रदेश संसद सचिवालयका कार्यबाहक सचिव हरि बखतीले आइतबार दिउँसो २ बजे बस्ने संसद बैठक अघि बैठकको कार्यसूची तय गरिने जानकारी दिए । आजको संसद बैठकमा राष्ट्रपति कार्यालयको राष्ट्रपतिको चुनाव बारे प्राप्त पत्र पढेर सुनाइने छ । त्यस्तै, कार्य ब्यबस्था परामर्श र प्रदेशसभा नियमावली मस्यौदा समितिका सदस्यको नाम अनुमोदनका लागि संसद बैठकमा वाचन गरेर सुनाइने छ । समितिमा रहने सदस्यको नाम पनि संसद शुरु हुनु अघिको बैठकले टुंगो लगाउने बताइएको छ । आइतबारको बैठकमा चार दलका आठजना सांसदले विशेष समय लिएर समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको बताइएको छ । शनिबारको बैठकमा मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा संसदीय व्यवस्थामन्त्री तथा एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारी, उपसभामुख निर्मला बडाल जोशी, सांसद तारा लामा तामाङ , नेपाली कांग्रेसका सांसदहरू भरतबहादुर खड्का र डाक्टर रणबहादुर रावल, नेकपा माओवादी केन्द्रका सांसद अक्कलबहादुर रावल, राष्ट्रिय जनता पार्टीका सांसद मालामती रानाको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies