Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रुसका ६ मिसाइलः हावादेखि पानीभित्रैबाट हमला गर्न सक्छ

\"\"तपाईंले ‘स्टार वार’ जस्तो ‘साइन्स फिक्सन’ र हतियारहरूद्वारा दुनियाँलाई ध्वस्त बनाइएको सिनेमा हेर्नुभयो होला । त्यसैगरी रुसी राष्ट्रपति भ्लादमिर पुटिनले बिहीबार मस्कोमा रुससँग भएका हतियारहरूको नमुना पेश गरेका छन । जुन ‘रुससँगै छन् र तिनले राम्रो काम गर्छन् ।’ रुसको संसदमा आफ्नो वार्षिक सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले देशको स्थिति, राष्ट्रका अघिल्तिर रहेका चुनौती र विदेश नीतिमाथि मात्र कुरा गरेनन्, उनले रुससँग भएका हतियारहरूको प्रदर्शनसमेत गरे । हतियार प्रदर्शनका क्रममा उनले ती हतियारहरूलाई ‘कहिलै नहार्ने’ अस्त्रको संज्ञा दिए । उनले प्रदर्शन गरेको हतियारमा एउटा द्विपदेखि अर्को द्विपसम्म हमला गर्नसक्ने मिसाइलदेखि ‘हाइपरसोनिक रकेट’ र ‘लेजर बिम’सामेत सामेल थिए । राष्ट्रपति पुटिनका अनुसार ती हतियारहरू अमेरिकाको रक्षा सन्धि उल्लघङ्नको प्रतिक्रियामा निर्माण गरिएका हुन् । पुटिनले भने– ‘पहिले हामीसँग नयाँ हतियार थिए तर हामीले भनेको कसैले सुन्दैनथ्यो भने, अब हाम्रो कुरा सुनून् ।’ उनले रुसको शास्त्रागारबाट जम्मा ६ वटा हतियार मात्रै प्रदर्शन गरे र यस्ता हतियारका लामो सूची आफूहरूसँग रहेको स्पष्ट पारे । उनले अमेरिकातर्फ सङ्केत गर्दै आफ्नो सम्बोधनमा भने– ‘अझैसम्म विश्वमा यस्ता हतियारहरू कसैसँग छैनन् र यी हतियार निकै उत्कृष्ट छन् ।’ उनको यो अभिव्यक्तिले कैयौँलाई शीत युद्धको सबैभन्दा धेरै विवादास्पद समयको सम्झना गरायो । जब कि यी हतियारहरू वास्तवमै रुससँग छ कि छैनन् भन्ने यसका प्रमाणहरू उनले प्रस्तुत गरेनन् । अन्य कुनै स्वतन्त्र निकायबाट पनि यसको पुष्टि भइसकेको छैन । रुसी राष्ट्रपतिको सम्बोधनलाई लिएर अमेरिकाको रक्षा मन्त्रालयले कुनै आश्चर्य व्यक्त गरेको छैन । मन्त्रालयले हालै मात्र नयाँ परमाणु नीतिको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डन ह्वाइटले पत्रकारहरूसँग भने– ‘हामीले रुसमाथि लामो समयदेखि निगरानी गरिरहेका छौँ । जुन हतियारहरूको बारेमा कुरा गरिएको छ तिनमाथि लामो समयदेखि काम चलिरहेको छ । हामीलाई यसमा कुनै आश्चर्य लागेको छैन ।’ यति हुँदाहुँदै पनि डनले ती शक्तिशाली हतियारहरूको विषयमा पुटिनको तर्कमाथि कुनै प्रतिक्रिया जनाएनन् । अमेरिकी गृहमन्त्रालयका अनुसार मस्कोले सन् १९८७ मा भएको अन्तर्राष्ट्रिय सम्झौताको उल्लङ्घन गरेको छ । जसका कराणले अमेरिका र सोभियत सङ्घसँग भएका ५०० किलोमिटरसम्म हमला गर्नसक्ने परमाणु हतियार नष्ट गर्नुपर्ने थियो । उत्तरी अमेरिका र युरोपका २९ वटा स्वतन्त्र देशहरूको समूहले नेटोको यस भनाइमा कुनै पनि प्रतिक्रिया जनाउन चाहेको छैन । आखिर ती ६ वटा ठूला हतियरा कुन–कुन हुन् र त्यसको बारेमा अझैसम्म कति जानकारी छ त ? सरमट : एउटा द्विपदेखि अर्को द्विपसम्म हमला गर्न सक्ने शक्तिशाली मिसाइल यसलाई साटन–२ का रूपमा पनि चिन्ने गरिन्छ । पुटिनका अनुसार यो मिसाइलको परीक्षणसँगै रुस एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ । बीबीसीका अन्तर्राष्ट्रिय मामिलाका संवाददाता रिचर्ड गलपिनका अनुसार सरमटलाई सोभियत युगको वोयवोडा मिसाइलको ठाउँमा प्रस्तुत गरिएको छ । जसको शक्ति निकै धेरै छ । यसले कम समयमा नै हमला गर्ने क्षमता राख्छ, जसलाई मिसाइल रक्षा प्रणाली अन्तर्गत रोक्न सम्भव छैन । रिचर्ड गलपिनका अनुसार यसको प्रविधिका कारण यसलाई भविष्यमा पनि रोक्न सम्भव छैन । सीमाहीन क्रुज मिसाइल यसको नाम हालसम्म तय गरिएको छैन । राष्ट्रपति पुटिनका अनुसार यो एक प्रकारको नयाँ रणनीतिक मिसाइल हो । यसले लक्ष्यमाथि हमला गर्नका लागि मिसाइलले जसरी हमला गर्दैन । यही कारण यसलाई मिसाइल रक्षा प्रणालीका अनुसार रोक्नु अप्ठ्यारो छ । राष्ट्रपति पुटिनका अनुसार यसले सीमाहीन दूरीसम्म हमला गर्न सक्छ । पानीभित्रबाट हमला गर्न सक्ने परमाणु मिसाइल यसको नाम पनि रुसले अझैसम्म तय गरेको छैन । यसलाई समुद्रको सतहभन्दा तलबाट निसाना लगाउन सकिन्छ । यो मिसाइल मानवरहित हो । राष्ट्रपति पुटिनले भने– ‘रुसले पानी भित्रभित्रै हमला गर्न सक्ने मिसाइल बनाइ सकेको छ । यो मानवरहित मिसाइल हो ।’ किङ्झल : हावामा हमला गर्न सक्ने हाइपरसोनिक मिसाइल राष्ट्रपति पुटिनले रुसको हाइपरसोनिक मिसाइललाई किङ्झलको नाम दिएका छन् । उनका अनुसार यसलाई हावामा लन्च गर्दै निकै सटिक निशाना लगाउन सकिन्छ । यसका गतिका कारण यसलाई हावामै विस्फोट गराउन अप्ठ्यारो छ । पुटिनले यसले दुई हजार किलोमिटरभन्दा धेरै दूरीसम्म हमला गर्न मिल्ने बताए । एवनगार्ड : कैयौँ प्रकारले मार गर्न सक्ने हाइपरसोनिक मिसाइल राष्ट्रपति पुटिनका अनुसार यो एउटा नयाँ प्रकारको हतियार हो । यसको रुसले सफल परीक्षण गरेको छ । उनका अनुसार यसको रफ्तार २५ हजार किलोमिटर प्रतिघण्टा रहेको छ । जसले एउटा द्विपदेखि अर्को द्विपसम्म सजिलै गरी हमला गर्न सक्छ । यो हतियारबाट तेस्रो र माथितिर पारेर हमला गर्न सकिन्छ । हतियार प्रदर्शनका क्रममा उनले भने– ‘यो हतियार लक्ष्यसम्म आगोको गोला जसरी पुग्छ । यसको सतहको तापक्रम १६०० देखि २००० डिग्री सेल्सियससम्म हुन सक्छ । लेजर हतियार यसको नाम पनि अहिलेसम्म तय गरिएको छैन । पुटिनले भने– ‘लेजर हतियारहरू’को निर्माणमा पनि एउटा उल्लेख्नीय पाइला रुसले चालेको छ ।’ उनले थपे– ‘यी हतियारहरू कागजहरूमा मात्र सीमित छैनन् न त यसको सुरुवात बल्ल गरिएको हो बरु यी हतियारहरू हामीले पछिल्लो वर्ष सेनालाई हस्तान्तरण गरिसकेका छौँ ।’ जब कि राष्ट्रपति पुटिनले यसको कुनै प्रमाण दिएनन् र यसको नाम पनि बताएनन् । उनले भने यसको नाम भन्ने उपयुक्त बेला आइसकेको छैन । उनले लेजर हतियारले रुसको शक्ति बढाइदिएको बताउन भने बिर्सिएनन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending