Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

राष्ट्रपतिमा भण्डारी, उपराष्ट्रपतिमा पासाङ दोहोरिने !

\"\"काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई दोहोर्‍याउने  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पहिलो तहका नेताहरू सहमति जुटाउने प्रयासमा छन् । संविधान जारी भएसँगै निर्वाचित भएका राष्ट्रपति र उपराष्ट्रपति करिब अढाई वर्ष मात्र बहाल रहने भएकाले दुवै जनालाई फेरि दोर्‍याउने प्रयास गरिएको हो ।

बुधबार राष्ट्रपतिको उम्मेद्वारी दर्ता गर्नुपर्ने भएपनि स्पष्ट बहुमतमा रहेका वाम गठबन्धनले त्यसको निर्क्योल भने गरिसकेका छैनन् । तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष निकट मानिने एमाले उप-महासचिव विष्णु पौडेलले भने, \'औपचारिक निर्णय गरिसकेका त छैनौं तर पार्टीले बहालवाला राष्ट्रपतिलाई नै निरन्तरता दिने निर्णय गर्छ भन्ने विश्वास छ ।\' एमाले पार्टीको नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि राष्ट्रपति बन्न इच्छुक देखिएका छन् । तर एमालेको गैर-संस्थापन पक्षका नेताले समेत भण्डारीलाई चुनौती दिने अभिव्यक्ति दिएका छैनन् । भण्डारीलाई नै राष्ट्रपतिमा दोहर्‍याउनु पर्ने कारणबारे नेता पौडेलको तर्क छ, \'उहाँले राष्ट्रपतिको भूमिकामा रहेर प्रभावकारी कार्यसम्पादन गर्नुभयो, त्यसकारण उहाँलाई दोहर्‍याउनु मुलुकको निम्ति हितकर हुन्छ भन्ने लाग्छ।\' तर पछिल्ला दिनमा राष्ट्रपतिको भूमिका विवादमुक्त रहेन। राष्ट्रपतिको निर्वाचन फागुन २९ गते भएपछि उपराष्ट्रपति चुनाव हुने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने नेता हरिबोल गजुरेलले भने, \'एमालेले राष्ट्रपति कायमै राखेमा हामीले पनि उपराष्ट्रपति कायमै राख्नुपर्छ भन्ने समझदारी भएको छ ।\' दुवै दलले त्यसबारे औपचारिक निर्णय गर्न बाँकी छ । तर दुवै दलमा अध्यक्ष पक्षसँग पार्टीभित्र बहुमत रहेको ठान्ने जानकारहरु उनीहरुको तयारीअनुसार नै पार्टीबाट औपचारिक निर्णय हुने बताउँछन् । त्यसो भएमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन थप पाँच वर्षको निम्ति निर्वाचित हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending