Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

अरनिको राजमार्गमा धुलो आतंकः विनाझरी बर्सादी ओढेर यात्रा

\"\"धुलिखेल । अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् । सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो । स्थानीय बासिन्दा राधा ठकुरीले सडक बेलैमा मर्मत कार्य सम्पन्न नगर्दा यहाँ चलेको सवारीसाधनको धुलोबाट हैरानी ब्यहोर्नु परेको बताए । उनले भने, ‘सडक कहिल्यै बनाउँदैनन्, लुगा धोएर सुकायो भने सबै धुलोले छपक्कै ढाकिदिन्छ ।’ समयमा नै काम सम्पन्न नहुँदा आफूहरूले निकै समस्या ब्यहोरिरहेको मोटरसाइकल चालक रेशम लामाले बताउनुभयो । उहाँले सरकार र ठेकेदारबीच मिलेर छिट्टै काम सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै आफूहरू सोही बाटो हिँड्दा बर्सादी ओढेर हिँड्नु परेको गुनासो गए । अर्का सवारी चालक सिन्धुपाल्चोक मेलम्चीका इन्द्रबहादुर थापाले सोही बाटो भएर कैयौँ बिरामी ओसारपसार गर्नुपर्नेदेखि गाउँगाउँबाट सोही बाटो आवतजावत गर्नुपर्ने भएकाले बाटो समयमा नै नबन्नु दुःखको कुरा भएको बताए । उनले सरकारको लापरबाही भएको पाइएको उल्लेख गर्दै स्थानीय बासिन्दाले जागरुक भएर आवाज उठाउनुपर्ने बताए । सो सडक खण्डअन्तर्गत धुलिखेलदेखि पाँचखालसम्मको १४ किलोमिटर बाटो मर्मतको लागि द कञ्चनजंगा कन्स्ट्रक्सन र मोतिदान जेबी कन्स्ट्रक्सनसँग संयुक्तरुपमा गत २०७३ जेठ २८ गते सम्झौता भएको थियो । जसमा खाबादेखि पाँचखालसम्मको ११ किलोमिटर सडक मर्मत भइसकेको भए पनि खाबादेखि धुलिखेलसम्मका सडक भने अझै काम सम्पन्न नगरिदिँदा यात्रु तथा स्थानीय बासिन्दाले समस्या खेप्नुपरेको हो । भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले धुलिखेलदेखि खाबासम्मको सडक मर्मतका लागि पुनःनिर्माण प्राधिकरणले समयमा नै उपलब्ध गराउनु पर्ने रकम निकासा नगरिदिँदा ठेकेदार कम्पनीले काम नगरिदिएको बताए । सो राजमार्ग भएर दैनिक पाँच हजारको हाराहारीमा सवारीसाधन चल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । सोही राजमार्ग भएर दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लामा सवारीसाधन चल्ने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending