Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

तपाइँ कम सुत्नुहुन्छ ? सावधान मस्तिष्कमा हुन्छ खतरा

\"\"क्यानडाका वैज्ञानिकहरुले निन्द्राको कमीले मानिसमा पार्ने प्रभावबारे अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन शुरु गरेका छन् । वेस्टर्न युनिभर्सिटी ओन्टारियोले विश्वमा जुनसुकै ठाउँमा रहेका मानिसहरुलाई अनलाइनमार्फत हुने परीक्षणमा सहभागी हुन आग्रह गरेको छ । त्यसक्रममा विशेष रुपमा तयार पारिएका कम्प्युटर खेलहरुमार्फत तर्क गर्ने क्षमता, भाषाको ज्ञान र निर्णय क्षमताबारे परीक्षण गरिने बताइएको छ । लण्डनको ब्रेन एण्ड माइन्ड इन्स्टिच्युटका स्नायु वैज्ञानिक प्रध्यापक एड्रीयन ओवेनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन् । उनी भन्छन्, \'राम्रोसँग नसुत्दा हामी कस्तो महसुस गर्छौँ भन्ने हामीलाई थाहा छ तर निन्द्राले मस्तिष्कमा पारिरहेको असरका बारेमा हामीलाई एकदमै कम जानकारी छ, निन्द्राले हाम्रो बौद्धिकता, स्मरण क्षमता र ध्यान मग्न रहनसक्ने क्षमतामा कस्तो प्रभाव पार्छ भनेर हामीले जान्न खोजिरहेका छौँ ।\' उक्त समूहले परीक्षणबाट प्राप्त हुने अंकलाई मानिसले सुत्न बिताएको समयसँग तुलना गर्नेछन् । कति समय सुतेकाले कति अंक प्राप्त गरे भनेर वैज्ञानिकहरुले हेर्नेछन् । व्यक्ति अनुसार निन्द्राको आवश्यकता फरक पर्ने गरेको छ तर यदि चाहिने संख्यामा मानिसहरुले यो अध्ययनलाई सहयोग गरे भने वैज्ञानिकहरुले मस्तिष्कलाई अधिकतम क्रियाशील बनाउन औसतमा आवश्यक निदाउने समय निर्धारण गर्न सक्नेछन् । कुनै पनि कम्प्युटर, ट्याब्लेट या स्मार्ट फोनमार्फत तोकिएका खेलमा सहभागी भएर उक्त परीक्षणमा सहभागिता जनाउन सकिन्छ । मानिसहरुले आफ्नो जीवनको कूल समयको झण्डै एक तिहाई सुतेर बिताउने गरेका छन् र त्यो श्वासप्रश्वास र खानेकुरा जतिकै मानिसका लागि महत्वपूर्ण छ । तर चौबिसै घण्टा सक्रिय रहने संस्कृतिका कारण मानिसहरुले पहिलेभन्दा कम समय सुत्नमा खर्च गरिरहेको बुझिन्छ । अघिल्लो महिना नेचर रिभ्युज न्युरोसाइन्समा प्रकाशित एउटा लेखले लामोसमयसम्म कम सुत्दा त्यसले मस्तिष्कमा पार्ने असरबारे एकदमै कम जानकारी रहेको उल्लेख गरेको थियो । औद्योगिक राष्ट्रहरुमा सुत्ने समयावधिमा जोखिमकै तहको कमी देखिएको भन्दै तत्कालै अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएको थियो । यो निन्द्रासम्बन्धी अध्ययनमा सहभागी हुने व्यक्तिहरुले समाज तथा विज्ञान दुवैले खोजिरहेका केही प्रश्नहरुको जवाफ दिनसक्ने ठानिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending