Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

दोहनीमा ईपू चारसयदेखि मानव बसोबास पाइयो

\"\"कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ ।

पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले उत्खनन गर्दा पाएका पुरातात्विक सामग्रीको अनुसन्धानपछि सो तथ्य प्रकाशमा आएको हो । उत्खननमा भेटिएका माटोका भाँडा तथा सामग्रीका टुक्रा तथा मूर्तिको वैज्ञानिक परीक्षणका आधारमा चारसय वर्ष अघि यहाँ मानिसको बसोबास भएको अनुमान गरिएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाभन्दा करिब चार किलोमिटर पूर्वतर्फ तथा लुम्बिनीबाट करिब २० किलोमिटर पश्चिमतर्फको यस क्षेत्र स्थानीय कुदान, अरौँराकोट तथा तिलौराकोट र लुम्बिनी भ्रमण गर्ने तीर्थालुका साथै कर्मचारी, व्यापारी आवतजावत गर्दा विश्रामस्थलको रुपमा प्रयोग हुँदै आएको छ । विभागको अनुरोधमा सन् २०१६ मा बेलायतको दुरहाम विश्वविद्यालयले भौगोलिक सर्भेक्षण गरी जमिनको सतहभित्र पूर्ण सुरक्षित ५०/५० मिटरको चारै कोणमा गोलाकार बुर्जा भेटेकोे थियो । अहिले बेलायतको कला र मानविकी अध्ययन परिषद्को आर्थिक सहयोगमा उत्खनन तथा अन्वेषण हुँदै आएको छ । उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको विकास भएको प्रमाण प्राप्त भएपछि पुरातात्विकस्थलको वर्तमान प्रयोग, मूल्य, मान्यता तथा यस क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाबारे स्थानीयलाई जानकारी गराउन परामर्श गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । यस स्थानको उत्खननमा संलग्न समूहले तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत गराउन विभिन्न मुलुकका विज्ञहरूको सहयोगमा थप अनुसन्धान हुँदै आएको छ । यही फागुन ११ गते उक्त समूहले यहाँ गरेको खोज तथा अनुसन्धानका क्रममा थप नयाँ तथ्य बाहिर आउनसक्ने बताइएको छ । सोही समूहले स्थानीय कुदान, निगलिहवा, सिसहनिया, दोहनी, सगरहवा क्षेत्रमा समेत उक्त टोलीले सर्भेक्षण गरिसकेको छ । यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा अनुसन्धान गरी प्राचीन लुम्बिनी ग्रामको नयाँ इतिहासका साथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको पुरातत्वविद् कोशप्रसाद आचार्यले बताए । विज्ञ आचार्यका अनुसार त्यहाँ पाइएका तथ्यका आधारमा विश्व परिवेशमा कपिलवस्तुको सभ्यता अगाडि र संस्कृति उत्कृष्ट रहेको बुझ्न सकिन्छ । पाँचाँै शताब्दीमा चिनियाँयात्री फासियान र सातौँ शताब्दीमा ह्वेसाङले यसक्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका विवरणले यहाँको खोज र अनुसन्धानलाई केही सहज बनाएको छ । हाल प्रदेश नं ५ मा पर्ने कपिलवस्तु नेपालको पश्चिमी भेगमा पर्ने एउटा जिल्ला हो । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले कपिलवस्तु संस्कृतिक तथा पुरातात्विक हिसाबले उत्तिकै महत्वपूर्ण मानिए पनि त्यति प्रचारप्रसार हुन नसकेका कारण ओझेलमा परेको बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending