Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भविष्यवाणीले हलचल, अमेरिकाले पाउँदैछ कान्छो राष्ट्रपति !

\"\"अमेरिका । अमेरिकामा एक युवकले सन् २०३० सम्म आफू पुगेको दावी गर्दै त्यतिन्जेल हुने विभिन्न घटनाक्रम सार्वजनिक गरेका छन् । नोह नाम गरेका ती युवक अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चितसमेत भएका छन् । विभिन्न रेडियो तथा टेलिभिजनमा उनको अन्तरवार्ता आउन थालेको छ । यतिमात्र होइन, उनका भनाइलाई अन्तरवार्ताकै क्रममा झुठो पत्ता लगाउने मेसिन (लाइ डिटेक्टर)मार्फत जाँचसमेत गरिएको छ, जसमा उनी सही साबित भएका छन् । उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को कार्यकालका लागि पनि निर्वाचित हुने बताएका छन् । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी हुने उनको दावी छ । सन् २०३० मा अमेरिकाको राष्ट्रपतिमा मार्टिन लुथर किंगको नातिनी योलान्डा रेनी किंग हुने पनि उनको दावी छ । उनी त्यतिबेला २१ वर्षकी हुनेछन् । भविष्यवाणी गर्दै उनले भने, ‘उनीहरुले कानूनमा सुधार गर्नेछन् र सन् २०३१ मा अमेरिकाले सबैभन्दा कान्छो राष्ट्रपति पाउनेछ ।’ उनले ट्रम्पपछि निर्वाचित हुने राष्ट्रपतिको नाम भने बताएनन् । उनले भने, ‘म नाम भन्न सक्दिनँ किनकि, उहाँले केही नराम्रो काम गर्नुहुनेछ । उहाँ अहिले नै राजनीतिक व्यक्तित्वका रुपमा हुनुहुन्छ । त्यसैले म उहाँको नाम लिन चाहन्नँ ।’ उनले आउँदा वर्षमा यान्त्रिक मानवले घर–परिवारमा महत्वपूर्ण स्थान लिने दावीसमेत गरेका छन् । सन् २०२० मा मोबाइल फोन अपेक्षा गरिएभन्दा धेरै ठूला आकारका आउने पनि उनले बताए । त्यस्तै सन् २०२८ मा मानिस मंगलग्रहमा जान थाल्ने र सोही वर्ष टाइम ट्राभल र टाइम मेसिनको प्रयोग आमरुपमा हुने पनि बताए । आउँदा वर्षमा क्यान्सरजस्ता घातक रोगको उपचार सहज हुने पनि उनले बताए । विभिन्न टेलिभिजनमा अन्तरवार्ता लिने क्रममा उनको अनुहार लुकाइएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending