Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अोलीको चाहनाः नयाँ पार्टी होइन, माओवादी एमालेमा विलय होस्

\"\"काठमाडौं । नेपालीमा एउटा उखान छ–‘कुकरको पुच्छर बाह्र वर्ष ढुङ्गामा राखेपनि जस्ताको त्यस्तै’ । अहिले नेपालको राजनीतिमा नेकपा एमालेको व्यवहारले यो उखानलाई पुनः स्मरण गराएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया शुरु भएको ६ महिना पुग्न लाग्दा एमालेले आफ्नो शक्ति सञ्चय गर्नका लागि मात्रै एकताको कार्ड उपयोग त गरेको थिएन ? भन्ने प्रश्न समेत यतिखेर उब्जिएको छ । एकतामा एमाले बुझाई निर्वाचनअघि निकै हतारमा गरिएको एकताको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्ने क्रममा निर्वाचनको परिणामपछि एमालेबाट खासै उत्साह देखाइएनन् । निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि एमालेभित्र पुरानै दम्भ पलायो । एमालेका नेताहरुले माओवादी केन्द्रको सहअस्तित्व स्वीकार गर्न चाहेनन् । निर्वाचन अघि समान हैसियत, समान स्तर, विचारधाराको नयाँ किसिमले संश्लेषणको कुरा गरिएपनि यि कुरा निर्वाचन पछि एमाले नेताहरुले बिर्सिए । उनीहरुका लागि अब एकता आवश्यक रहेन ।
एमाले नेताहरुले बहुदलीय जनवादलाई पार्टीको विचार र सिद्धान्त मान्नै पर्ने अडान राखेका हुन । समानस्तरमा पार्टी एकता गर्ने हो भने विचार र कार्यदिशामा पनि समानता खोजिनुपर्छ । समानता खोजिनु भनेको एक पक्षको विचारलाई अर्को पक्षले बिना शर्त स्वीकार गर्नु होइन । यो भनेको पार्टी प्रवेश या विलय हो । एमाले अहिले यही चाहन्छ ।
जनताले एकतालाई अनुमोदन गरेको कारण एमालेलाई त्यसबाट सोझै पछाडि हटन सम्भव भने थिएन । त्यसैले एमालेले एकतामा बिभिन्न किसिमले अडचन र खोंचे थाप्ने काम भने अगाडि सार्यो । खासगरि केपी ओली बैंककबाट फर्किएपछि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेभित्रको यो एकताविरोधी मनोविज्ञानले झन बलियो रुप पाएको देखियो । यसपछि एमालेका नेताहरु, उनीहरुको औपचारिक बैठक र सबै तहमा एकता गर्नैपर्ने अवस्थामा माओवादीले आफूले जे भन्यो त्यसमा सही छाप गरे मात्रै हुने किसिमले व्यवहार प्रस्तुत भयो । एकता भन्दा ठूलो कुरा सत्ता हुन पुग्यो । र, यही किसिमको प्रवृत्तिले निकै पटकका छलफलपछि पनि एमाले कहिले नेतृत्व त कहिले जनताको बहुदलीय जनवादलाई त्याग्न नसकिने अर्थहीन अडान राख्न पुग्यो । एकता गर्ने निर्णयका पछाडि एउटा मात्रै पवित्र उद्देश्य थियो–नेपाली समाजको समृद्धि, नेपालमा समाजवाद स्थापनाको आधार । साँचो अर्थमा हेर्दा एउटा कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य प्राप्तितर्फ अघि बढ्ने कार्यनीतिक चरण थियो पार्टी एकता । तर एमालेका लागि भने यो स्पिरिटले अर्थ राखेन । साँचो अर्थमा समाजवादी क्रान्तितर्फ एमाले अघि बढन खोजेको भए उसले आफैभित्र समेत कार्यदिशाको बहस शुरु गर्नुपथ्र्यो । बहुदलीय जनवादको परिवेश, परिस्थिति र त्यसको दायराभन्दा निकै अगाडिको चरणमा नेपाली समाजको विकास भइसकेको उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको फरक अवस्थाले नयाँ कार्यदिशा उनीहरुले रोज्नुपथ्र्यो । यो नै अहिले एकताको स्पिरिट पनि थियो । तर एमाले नेताहरुलाई सकेसम्म एकता नगर्ने र गरेपनि माओवादीको विलयको रणनीति नै प्यारो भएपछि एकतामा बिभिन्न अडचनहरु देखिँदै गए । माओवादीको विलय चाहन्छ एमाले एकता संयोजन समितिको पछिल्लो निर्णय र सार्वजनिक भएका तथ्यहरु हेर्दा नेकपा एमालेले पार्टी एकता होइन, बरु माओवादीको एमालेमा विलय खोजेको छ । मुख्य यसमा एमाले अध्यक्ष केपी अोली शर्मा समूहले यस्तो चाहेको छ । एमाले बहुदलीय जनवादबाट \'टस न मस\' हुनुको अर्थ माओवादीको शक्ति र विचारलाई उसले स्वीकार गर्न नसकोको प्रमाणित हुन्छ । एकता माओवादीलाई मात्रै चाहिएको र आफूलाई नचाहिएको एमालेले प्रमाणित गरेको छ । त्यही भएर एमाले नेताहरुले बहुदलीय जनवादलाई पार्टीको विचार र सिद्धान्त मान्नै पर्ने अडान राखेका हुन । समानस्तरमा पार्टी एकता गर्ने हो भने विचार र कार्यदिशामा पनि समानता खोजिनुपर्छ । समानता खोजिनु भनेको एक पक्षको विचारलाई अर्को पक्षले बिना शर्त स्वीकार गर्नु होइन । यो भनेको पार्टी प्रवेश या विलय हो । एमाले अहिले यही चाहन्छ । तर माओवादीको इतिहासले प्रमाणित गरको छ– माओवादीका लागि अन्य सबै कुरा भन्दा ठूलो कुरा विचार हो, कार्यदिशा हो । विचार नमिल्ने शर्तमा या नेपाली समाजलाई अग्रगमनतर्फ लैजाने कार्यदिशा नहनुे शर्तमा यथास्थितिमा नै रुमल्लिने कार्यदिशा समातेर पार्टी एकता गर्नुपर्ने कुरा कुनै पनि माओवादीले स्वीकार गर्न सक्ने कुरा होइन । यो पक्षलाई एमालेले बुझ्नु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending