Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

हिमपातले कृषक खुशी, व्यापारी चिन्तित

[caption id=\"attachment_172679\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।

समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् । गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानी र हिउँ पर्न थालेकाले हिउँदे बाली उत्पादनमा वृद्घि हुने आश पलाएको छ,” छाँयानाथ रारा नगरपालिका–१ का कृषक धनबहादुर मल्ल बताउँछन् । सोही नगरपालिका–७ का बैसागे दमाई अहिले परेको हिउँ र पानीले अन्नबाली मात्र नसपारेर सुख्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने र वर्षे बाली लगाउन खेत गरा खनजोत गर्न सजिलो पार्ने भएकाले पनि आफूहरु खुशी भएको बताउँछन् । मल्ल र दमाई मात्र होइन आइतबार र सोमबारबाट परेको हिमपातले जिल्लाभरिका कृषक खुशी भएका छन् । हिउँदका महिना सकिन लाग्दा पनि हिउँ र पानी नपरेपछि हिउँदे बालीको आश किसानले मारिसकेका थिए भने वर्षे बाली कसरी लगाउने हो भनेर चिन्तित भएका थिए । हिमपात भएसँगै फागुन महिनाको शुरुवातीबाटै वर्षेबाली कोदो, पाखेधान, मकै, आलु, सिमी लगाउन शुरु गर्ने कृषक बताउँछन् । हिमपातले कृषकमा खुशियाली ल्याएपछि यहाँका व्यापारी भने धेरै हिउँ परिहाल्छ कि भनेर चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानीका साधन बन्द हुन्छन् कि भनेर व्यापारी चिन्तित भएका हुन् । मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा हिमपात कृषक र व्यापारी दुवैलाई खुशी पार्ने गरी परे हुन्थ्यो उनले भने । मुगुलगायत हुम्ला जिल्लाको तल्लो भेगसम्म कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक भएर व्यापारिक सामान आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र घुच्ची लेखमा बाटो बन्द गरिदिने भएकाले लामै समयसम्म सडक बन्द भएर दैनिक तथा अन्य सामान जिल्लामा अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएको अध्यक्ष बुढा बताए । आइतबार रातिदेखि हिउँ परेका जिल्लाका उच्च हिमाली क्षेत्र मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छाँयानाथ रारा नगरपालिकाका रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेको खबर आएको छ भने जिल्ला सदरमुकाममा सोमबार दिउँसो १ बजेदेखि हिउँ पर्न शुरु गरेको छ । यसैगरी, लगाताररुपमा हिउँ परिरहेकाले आज बिहानसम्म सदरमुकाम सेताम्य बाक्लो हिउँले ढाकिएको सर्वसाधारण बताउँछन् । लगातार हिउँ र पानी पर्न थालेपछि गाँउघरबाट ग्राहक तथा सेवाग्राही जिल्ला सदरमुकाममा नआउँदा सदरमुकाम सुनसानजस्तो भएको थियो । यसैबीच, हिमपातका कारणले जीउधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बाक्लो कपडा लगाएर सकभर घरबाहिर ननिस्कन र केही घटना भइहाले जतिसक्दो छिटो प्रहरी प्रशासनमा खबर गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताए । हिमपातसँगै चिसो अत्यधिक बढेपछि जिल्लाभरि प्रायः विद्यालयमा आधा दिन मात्र पढाइ भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending