Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

प्रचण्ड-अोलीबीच अाज निर्णायक वार्ता हुने

[caption id=\"attachment_172125\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज महत्वपूर्ण भेटबार्ता हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गृहजिल्ला चितवनबाट काठमाडौं आए लगत्तै दुई अध्यक्षबीच गम्भीर बार्ता हुने उच्चस्रोत जनाएको छ । एमालेका अध्यक्ष ओलीले आज आफू निकटका नेता र स्थायी समितिको बैठकमा पार्टी एकता र सरकार गठनका विषयमा आन्तरिक छलफल गरेको बताइएको छ । स्रोतका अनुसार पार्टी एकतामा अत्यन्तै पेचिलो बनेको विषय भनेको एकीकृत पार्टीको नेतृत्व ओली वा प्रचण्ड कसले गर्ने भने हो । माओवादी नेताहरु आफूहरुले ओलीलाई प्रधानमन्त्रीमा सहज स्वीकार गरे जस्तै गरी प्रचण्डलाई एमालेले पार्टी अध्यक्ष स्वीकारे सहज हुन बताउछन् । तर एमाले ओली र उनी निकटका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै ओली नै हुने पर्ने जिकिर गर्छन भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु प्रचण्डलाई अध्यक्ष मान्न तयार रहेको बताइरहेका छन् । अाेली अाज प्रचण्डसँग नयाँ माेडालिटी प्रस्ताव गर्ने तयारीमा रहेकाे बताइएकाे छ । स्रोतका अनुसार आज ओलीले आफू निकटका नेताहरुसँग माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीका अध्यक्ष बनाउन सकारात्मक रहेको दावी छ । वाम बृत्तमा अध्यक्ष ओली बैंककबाट फर्किएपछि एकतामा थप जटिलता आएको चर्चा छ । अथार्त ओली एकताप्रति गम्भीर नभएको सन्देश प्रवाह भएको छ । गएको बिहीबार प्रचण्ड र ओलीबीच लामो वान टु वान छलफल भएको थियो । उक्त छलफलपछि शुक्रबारका लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको नेताहरुले बताएका थिए । तर अन्तिम समयमा आएर एमाले नेताहरुको व्यस्तताका कारण बैठक बस्ने नसकेको बताइएको थियो । पार्टी एकतामा खासगरी सिद्धान्त भन्दा पनि पद भागबण्डा, संगठनात्कम संरचना, प्रधानमन्त्री र एकीकृत पार्टी कसले नेतृत्व गर्ने भन्ने विषयले बढी महत्व पाएको छ । भावी पार्टीको वैचारिक राजनीतिक कार्यदिशा माओवादीको २१औं शताव्दी जनवाद र एमालेको बहुदलीय जनवाद के हुने वा दुबै नभएर समाजवाद उन्मुख नयाँ कार्यदिशा के बनाउने भन्ने बारे अन्यौलता छदैछ । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies