Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

जस्तोसुकै निर्णय लिने भन्दै प्रचण्डले भने-पार्टी एकता लम्बिने होइन अब टुंगिन्छ

 

\"\"चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् ।

आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्काे राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे । दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने \'म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्\' उनले अगाडि थपे, \'पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।\' अध्यक्ष प्रचण्डले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए । नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष प्रचण्डको यस्तो प्रतिक्रिया बाहिर आएको छ । उक्त खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उनले उद्घाटन गरेका थिए । सो अवसरमा उनले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीव्र हुने विश्वास व्यक्त गरे । उनले प्रादेशिक रुपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने पनि बताए । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुद विकासका लागि काम थाल्न मात्रै पाएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभर नै संस्थागत रुपमा खेलकुद क्षेत्रको विकासका लागि पहल शुरु गरेको पनि उहाँले स्मरण गराए । आफ्नै छोरा प्रकाशको स्मृतिमा खेलकुद आयोजना गरेकामा आयोजकलाई उनले धन्यवाद दिए । नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय मुवा संघले खेलको आयोजना गरेका हुन् । दुई दिनसम्म सञ्चालन हुने मुवा थाई प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलको अध्यक्ष दाहालले अवलोकन गरेका थिए । साठी केजी तौल समूहको सो खेलमा भारतका प्रेम कटनलाई पराजित गर्दै नेपाल आर्मीका गुण रुचाल विजयी भए । रुचाललाई दाहालले पदक लगाइदिएका थिए । सो प्रतियोगिताअन्तर्गत इण्डो–नेपालमा ५०, ५६, ६०, ७०, ८१ र ९८ केजी तौल समूहमा ६–६ जनाको सहभागिता रहने छ । त्यसैगरी मुवा थाईको राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५ र ७५ एवं महिलातर्फ ६० केजी तौल समूहमा गरी ३६ जना खेलाडीको सहभागिता रहने नेपाल राष्ट्रिय मुवा संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । रासस र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending