Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

छोरा प्रकाशलार्इ सम्झँदा भावुक हुँदै प्रचण्डले यसो भने

\"\"भरतपुर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दिवंगत प्रकाश दाहालको स्मृतिमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मुवाँथाई तथा बृहत तेक्वान्दो प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकास र प्रतियोगिताहरुबाट संघीयतालाई सही अर्थमा स्थापित गर्न र स्वस्थ नागरिक निर्माणमा ठूलो योगदान पुगेको बताए । “हामीले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकूद हुनुपर्छ भनेर पदमा रहँदा र नरहँदा पनि सक्दो भूमिका निर्वाह गरेका छौं ।” अध्यक्षले भने  \'अहिले संघीयतामा देश गएको बेला प्रदेशस्तरमा समेत प्रतियोगिता हुनु सुखद कुरा भएको छ । यसले संघीयता बलियो बनाउन सहयोग पुर्याउँछ ।\' प्रकाश दाहालको नाम उच्चारण गर्दा भावुक बनेका अध्यक्ष प्रचण्डले चितवन जिल्लाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता गर्न सक्षम रहेको सन्देश दिएको समेत बताए । \'यसबाट खेल क्षेत्रमात्रै नभएर चितवनको पहिचान र आर्थिक समुन्नतीमा समेत ठूलो योगदान पुगेको छ\' अध्यक्षले भने । चितवनमा हिजोदेखि प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता सञ्चालन भएको छ । अध्यक्ष प्रचण्डले केही दिनपछि फुटबल प्रतियोगिताको समेत उदघाटन गर्न गइरहेको बताए । “चितवन खेल प्रतियोगिता आयोजना गर्ने जिल्लाको रुपमा विकास हुँदा खुशी लागेको छ । यसलाई निरन्तरता दिनु जरुरी छ\' उनको भनाई थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुवाँथाई प्रतियोगिता देश र विदेशमा समेत लोकप्रिय हुँदै गइरहेको तथ्यलाई मध्यनजर गरेर यसअघि समेत प्रतियोगिताको उदघाटन गरेको बताउनुभयो । दोश्रोपटक प्रधानमन्त्री भएको बेला अध्यक्ष प्रचण्डले तेश्रो मुवाँथाई प्रतियोगिताको उदघाटन गरेका थिए । प्रतियोगितास्थललाई शहीद मञ्चको रुपमा विकास गर्न आफूले विगतमा पहल गरेको अध्यक्षले बताउनुभयो । भविष्यमा समेत खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट उल्लेख्य पहल गर्ने उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending