Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

ओलीले दिए प्रधानमन्त्री हुनु अगावै यस्तो बचन

 

\"\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउएका छन् ।

नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले विकास र समृद्धिका लागि अब प्रयोग र परीक्षण गर्ने तथा पर्ख हेरौँ न त भन्ने समय नरहेको धारणा व्यक्त गरे । नेपालमा लगानीको निमित्त विभिन्न ढोका चाहानुपर्ने बाध्यताका कारण लगानीकर्ता अन्यन्त्र पलायन भएर उद्योग स्थापना गरिसक्थ्यो होला तर यहाँ चाहिँ फाइलै अघि बढेन भन्ने गुनासो आउने स्थिति अब आउन दिन नहुनेमा उनले जोड दिए । संघीयताबारे हाम्रो अनुभव नरहेकाले आफैँले अभ्यास गरेर अघि बढ्नुको विकल्प नरहेको चर्चा गर्दैै पूर्वप्रधानमन्त्री ओलीले भने “अब हामीले राजनीतिक र आर्थिक पाटोलाई देशको अनुकूल तुल्याउँदै अलि तीव्र गतिमै हिँड्नुपर्छ । अब हाम्रो आकांक्षा, आवश्यकता र योजना विकास र समृद्धि केन्द्रित भएको छ ।” नेपालले ठूलो बलिदान र लामो संघर्ष गरेर प्राप्त गरेको लोकतन्त्रको मूल्य मान्यता, यथार्थ र साँचो अभ्यासलाई कुनै हालतमा नछाड्ने अठोट व्यक्त गर्दै उहाँले जुन देशका जनताले आत्मगौरव, आत्मसम्मान र स्वाभिमानको अनुभूत गर्दैनन् त्यहाँको अस्तित्व खतरामा पर्छ । गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आर्थिक संरचना र संगठनको निर्माण, पूर्वाधार क्षेत्रमा गुणस्तर, जिम्मेवारीप्रति निष्ठा, विज्ञताको प्रयोग र निजी क्षेत्रबाट आवश्यक सहयोग भएमा विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कुनै चुनौती खडा हुन नसक्ने बताए । नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि भ्यालरी जुलियटले सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा नेपालले ठूलो प्रगति हासिल गरेको स्मरण गराउँदै दिगो विकासको लक्ष्य हासिल गर्न शान्ति, योजना र सहयात्राको भावना हुनुपर्छ भने । पूर्व सचिव कृष्ण ज्ञवालीले नेपालको आर्थिक र सामाजिक धरातललाई विश्लेषण गर्दा ज्यादै चिन्तित र निकै उत्साहित हुनु पर्ने अवस्था नरहेको बताए । अर्थविद् जयन्द्र श्रेष्ठले विकास र समृद्धिको कुरा धेरै उठे पनि अब त्यसको मूर्तरुप संघीयताबाटै हुन्छ भन्ने जनताको अपेक्षालाई सम्बोधन गर्न सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको राजनीतिक व्यवस्थापन हुनुपर्छ भने । आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्ट र उपाध्यक्ष राजेन्द्र पण्डितले संघीयता कार्यान्वयनसँगै सबै किसिमको व्यवस्थापन गर्न सहज हुने धारणा व्यक्त गरे । मुलुकलाई द्रुतगतिमा विकास र समृद्धिको मार्गमा लैजान स्थानीय तहबीच सकारात्मक र रचनात्मक प्रतिस्पर्धा गराउन आवश्यक रहेको सो अवसरमा सुझाव दिइएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending