Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

नेता श्रेष्ठ भन्छन्-एमालेलार्इ अाउट गरेर यसरी बन्नसक्छ नयाँ सरकार

\"\"काठमाडाैं । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच पार्टी एकता गर्ने बताइएको पाँच महिना बढी बितसक्यो । तर अहिलेसम्म एकता हुने वा नहुनेबारे टुंगो लागेको छैन् । पार्टीका शीर्ष नेताहरूले भने एकता बताइरहेका छन् । तर माअोवादीका नेताहरू सरकार गठन अघि नै एकता गर्नुपर्नेमा जोड दिएका छन् भने एमालेका खासगरि अध्यक्ष केपी अोली समूहका नेताहरू पहिला सरकार गठन गरेर एकता गर्ने बताइरहेका छन् । संघिय समाजवादी फोरम वाम गठबन्धनको सरकारमा सहभागि हुने चर्चा चलिरहेको छ । सरकारको नेतृत्व गर्न लागेका एमाले अध्यक्ष केपी ओलीले फोरममा अध्यक्ष उपेन्द्र यादवसँग सम्बन्ध बढाएर वार्ता पनि गरिरहेका छन् । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने केन्द्रिय सरकारमा सहभागि हुने सम्भावना ज्यादै न्युन रहेको बताएका छन् । \'हामी प्रतिपक्षमा रहने सम्भावना बढि छ । किनभने हाम्रा माग मुद्दाका सन्दर्भमा एमालेले आजसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन\' श्रेष्ठले भने । एमालेले आफूलाई मात्रै जनमत प्राप्त भएको भन्ठानेर एकलौटी तरिकाले देश चलाउन खोज्यो भने दुर्घटना हुने चेतावनी श्रेष्ठले दिए । संघियतालाई पहिचान, अधिकार र समृद्धिलाई एकसाथ अगाडि बढाउने सन्दर्भमा एमालेले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाब श्रेष्ठको छ ।वैचारिक रुपमा माओवादी केन्द्रसँग सामिप्यता भए पनि एमाले आफ्नै हठमा कायम रहेको उनको भनाई छ । एमालेले हिजोको जस्तै एकल जातिय राष्ट्रवादको कुरा गरेर देशलाई जातिवादी र नश्लवादी ढंगले अगाडि बढाउन खोज्यो भने मुठभेड हुने चेतावनी श्रेष्ठले दिएका छन् । \'अबका दिनमा संविधानलाई दिपावली गर्ने र जलाउने पक्षबिचको मुठभेड अन्त्य गर्नुपर्छ, यसले निकास पाउनुपर्छ\' उनले भने । संविधान संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने कुरामा सुनिश्चित भएको खण्डमा आफूहरु सरकारमा जान सक्ने श्रेष्ठले बताए । एमाले र माओवादीबिच एकता हुनुपर्नेमा जोड दिदै श्रेष्ठले स्थिर सरकार दिनुपर्ने बताए । \'पार्टी एकता भएन भन जनताको लागि धोका हुन्छ । यस्तो अवस्थामा एमाले र माओवादीबिच सरकार पनि बन्दैन\' श्रेष्ठले भने । दुई दलबीच एकता पनि नहुने र संयुक्त सरकार पनि नबन्ने अवस्था आयो भने आफूहरले विकल्प दिन सक्ने श्रेष्ठको भनाई छ । माग र मुद्दाहरु मिल्नेको बिचमा प्राकृतिक गठबन्धन गरेर सरकार बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो । \'माओवादी केन्द्र, फोरम, नेपाली कांग्रेस, राजपा लगायतका दलहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ\' उनले भने । संघिय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर प्रदेश नम्बर २ मा सरकार बनाउने विषयमा सहमति भएको छ । श्रेष्ठले प्रदेशको मुख्यमन्त्री फोरमका नेता लालबाबु राउत नै बन्ने जिकिर गरेका छन् । फोरमका तर्फबाट मुख्यमन्त्री र राजपाका तर्फबाट सभामुख बनाउने सहमति भएको बताए । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending