Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

भूकम्पका बेला यौनकर्मीहरूको प्रयोग गरेको भन्दै अक्सफामलाई सहायता रोक्ने चेतावनी

\"\"  काठमाडाैं । संकटमा रहेका मानिसहरूलाई यथोचित रूपमा सुरक्षाको प्रत्याभूति दिन असफल भए ब्रिटिश सरकारले परोपकारी संस्था अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हेइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ गएका बेला सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै त्यसको निन्दा गरेकी हुन् । अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितहरूलाई मद्दत गर्दा यौनकर्मीहरूको प्रयोग गरेका बताइएको छ । मोर्डन्टले ब्रिटेनमा रहेका परोपकारी संस्थाहरू जसले सरकारसँग पैसा लिन्छन् उनीहरूलाई सुरक्षा नीति अनुसार काम गरिरहेको प्रत्याभूति गर्ने उपाय के छ भनेर पत्राचार गर्ने बताइन् । अक्सफामलाई गत वर्ष सरकारले ४ करोड ४० लाख डलर दिएको थियो । लण्डनमा रहेका हेइटीका राजदूत बोसित एडमण्डले अक्सफामले उक्त प्रकरणलाई ढाकछोप गर्न खोजेको भन्दै सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । निगरानी गर्ने संस्था द च्यारिटी कमिशनले सन् २०११ मा हेइटीमा आफ्ना केही सहायताकर्मीहरूले यौनकर्मीहरूलाई प्रयोग गरेको भन्नेबारे पूर्ण विवरण अक्सफामले नदिएको बताएको हो । उक्त संस्थाले आफूले अनुचित यौन दुर्व्यवहार, उत्पीडन र कर्मचारीको धाकधम्कीबारे अनुसन्धान गरिरहेको बताएको थियो । संस्थाले त्यसपछि कुनै कारबाही थालेन तर यदि आफूलाई पहिल्यै सबै तथ्य थाहा भएको भए फरक तरिकाले कारबाही थाल्ने बताएको छ । ४ जना कर्मचारीलाई बर्खास्त र तीनजनालाई राजीनामा दिन लगाएको अक्सफामले भने आफूले केही कुरा नलुकाएको बताएको छ । सन् २०१० मा हेइटीमा दुई लाख मानिसहरूको ज्यान जाने गरी आएको ७.० म्याग्निट्यूडको विनाशकारी भूकम्पपछि राहत कार्यक्रम अन्तर्गत अक्सफामका सहायताकर्मीहरू हेइटी गएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending