माघ २८ गते, २०७४ आइतवार 11th February, 2018 Sun०८:२७:४८ मा प्रकाशित
काठमाडाैं ।नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ। प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादी संघीय संसदमा ६५ सांसदसहित तेस्रो ठूलो दल बनेको छ।
शुक्रबार समानुपातितर्फको सिट निर्धारण गर्दै निर्वाचन आयोगले संविधानको धारा ८४(८) अनुसार संघीय संसदमा निर्वाचित सदस्य ६५ को एक तिहाइ महिला हुने गरी बन्दसूचीबाट नाम छनोट गर्न माघ २९ गतेसम्मको म्याद दिएको छ।
निर्वाचन आयोगले माओवादीबाट कम्तीमा २२ जना महिला निर्वाचित हुनुपर्नेमा ६ जना निर्वाचित भइसकेकाले समानुपातिकको १७ मध्ये १६ सिटमा महिला पठाउन पत्राचार गरेको छ। प्रतिनिधिसभाकोे प्रत्यक्षतर्फ पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट जितेका छन् भने राष्ट्रियसभामा ३ जना निर्वाचित भएका छन्।
समानुपातिकबाट माओवादीका को को सांसद ?
माओवादीले समानुपातिकबाट एक जना मात्र पुरुष पठाउन पाउने भएकाले सातवटा क्ल्स्टरको पहिलो नम्बरमा रहेकाहरु मध्येबाट एकजनाको नाम छनोट गर्नुपर्ने भएको छ।
खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातिको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान छन्। तर, माओवादीका स्रोतका अनुसार हितराज पाण्डलाई पठाउने निश्चित जस्तै भएको छ।
यी हुन् १६ महिला?
माओवादीले समानुपातिकबाट छनौट गर्ने १६ महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ। आयोगमा बुझाइएको बन्द सूचीअनुसार रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन्।
आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर, यशोदा गुरुङ र अमृता थापालाई मनोनीत गर्नुपर्छ।
त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउनु पर्ने समानुपानिक निर्वाचनसम्बन्धी निर्देशिकाले प्रष्ट पारेको छ। महिलातर्फ दलितको पहिलो नम्बरमा रहेकी अञ्जना विशंखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विक नै सांसद बन्ने निश्चित छ।
मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन्।
माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ। यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीकी चाँदतारा कुमारीमध्ये एक छनोट हुनेछन्।
माओवादीको पिछडिएको क्षेत्रबाट बन्द सूचीभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: