Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भूकम्पपछि मानसिक त्रास बढ्दो

चितवन, विनाशकारी भूकम्पको कम्पनले त्रसित भएका सर्वसाधारणमा मानसिक समस्या बढ्दै गएको छ । भूकम्प गएको आज ११ दिन बितिसक्दा पनि उनीहरुमा विभिन्न मनोसामाजिक समस्या र मानसिक त्रास कायमै देखिएको छ । कतिपय भूकम्पपीडित राम्ररी काम गर्न सकिरहेका छैनन् भने कतिपयमा भूकम्पको कम्पन बेलाबेलामा दिमागमा बल्झिरहने गरेको छ । चितवन सिद्धिकी सुवर्णमाया चेपाङ भूकम्प जाँदा घरमै थिइन् । हत्तपत्त बाहिर निस्किएका बेला माथि भिरबाट खसेको ढुङ्गाबाट जोगिइन्, सुवर्णमाया । एक त घरले थिच्ला भन्ने त्रासका बेला सामुन्नेबाटै ढुङ्गो जाँदा एकछिन उनको होस नै रहेन । सुवर्णमाया भन्छिन् –‘ढुङ्गोले मा¥यो भनेको, बाँच्यो, अहिले पनि ढुङ्गो खसेको देख्छु र तर्सन्छु ।’ बेलाबेलामा घुमाउने र राति सपनामा पनि भुइँचालो गएको देख्ने गरेको भूकम्पपीडितले बताएका छन् । अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भन्ने उखान अहिले गोरखाकी सुशीला उपरकोटीमा चरितार्थ छ । बैशाख १२ गते केही सेकेन्डमा घरबाट बाहिर निस्किएर बाँचेकी  उपरकोटीलाई बेलाबेलामा अहिले पनि घुमाउँछ । हुन त बेलाबेलामा भूकम्प नआएको भने होइन तर भूकम्प नआउँदासमेत उनीहरु भूकम्प आयो भनेर चिच्याउने, कराउने गरेका छन् । गोरखा बुङ्कोटकी अर्की महिला लीला खनालको पनि राम्ररी शरीरले काम गर्न सकेको छैन । ‘हातगोडा लल्याकलुलुक हुन्छ, अहिलेसम्म काम गर्ने जागर चलेको छैन’, लीलाले भनिन् ।  कहिले भूकम्प आउने हो भन्ने डर उनीहरुमा छ । भूकम्पका बेला भागदौड हुँदा आत्तिएका महिला सपनामा समेत भूकम्प आएको देख्ने र बर्बराउने गरेको बताउँछन् । गोरखा बुङ्कोट–९ मैलङ्गकी फुलमाया रम्तेलको भूकम्पले घर चर्चरी चर्किएको छ । घरभित्र बस्ने अवस्था छैन । गर्भवती बुहारीलाई स्याहार गर्नुपर्ने बेलामा अहिले उनको बास बारीको खुला क्षेत्रमा छ । खाने अन्न छैन । राहतसमेत टाठाबाठाले पाउने गरेको बताउने रम्लेतमा दोहोरो मार छ । एक त भूकम्पको पीडा, अर्का राहत नपाएको पीडा । त्यसमाथि मनोवैज्ञानिक समस्याले उनलाई पिरोल्ने गरेको छ । भन्छिन्, ‘टाउको दुख्छ, रिँगटा पनि लाग्छ, जतिखेर पनि भूकम्प आएजस्तै लाग्छ र आत्तिन्छु ।’ कुनै पनि विनाशकारी विपत्तिबाट मानिसमा मनोसामाजिक समस्या देखिने भएकाले परामर्श सेवा आवश्यक हुने भरतपुर अस्पतालका चिकित्सक डा भोजराज अधिकारी बताउँछन् । घाइते भएकाको पीडा त एकातिर छ नै, त्यसमाथि बाँचेकामा समेत मनोवैज्ञानिक समस्या देखिएकाले उनीहरुको मनोपरामर्श सेवातर्फ पनि सरकारको ध्यान जानुपर्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending