Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

क्रान्ति र बलिदानको सहासिक मोर्चामा महिलाले बगाएकाे रगत विर्सिएकै हाे त ?

[caption id=\"attachment_175008\" align=\"alignleft\" width=\"353\"]\"\" लेखक[/caption] महिलाहरु पनि पुरुष सहर साहसिक हुन्छन् भन्ने कुरा १० वर्षीय जनयुद्धमा सामेल भएका महिलाहरुले प्रमाणित गरेर देखाएका छन्। अाधा धर्ति र अाधा अाकाश भनेर सिम्वाेलिकरूपमा महिलालार्इ हेरिन्छ । हाे धर्तिकाे आधा जति हिस्सा महिलाले ओगटेका छन्। महिलाहरुले २००७ साल वा त्यसपछिका आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली क्रान्तिमा साहसिक सहभागिता जनाइ सकेका छन् । त्यसताका महिलाहरुले देखाएकाे आफ्नो कुशलता, कार्यक्षमता, नेतृत्व गर्न सक्ने अटल साहस नै काफी छ । त्यस्ले नै पुष्टि गर्छ कि महिलाहरु पुरुष सरह बराबर योग्य छन् भनेर। जनसेनाको उत्पादन मिरा राईले पुष्टि गरिसकेकी छन्। महिलाहरु परापुर्वकाल देखि अहिले सम्म आउँदा २१ औं शताब्दी सम्म शोषण र दमनको शिकार भैरहेका छन् किन ? चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्ष महिलाहरु घर भित्र हाेस वा बाहिर जहाँपनि शोषणमा परेका नै छन्। भोल्टियरले आफ्नो ग्रन्थ ‘dictionary of philosophy’ मा लेखेका छन् कि युरोपमा सोह्राै शताब्दी सम्म सुडेनी भइ गर्भवतीलाई सुत्केरी हुन सहयोग गर्ने महिलालाई समेत आगो दिएर मार्ने प्रचलन थियो। आफ्नो श्रीमानको मृत्यु भएपछि जिउँदै आगोमा जल्नु पर्ने त्यस्तो सामाजिक कु प्रथा पनि हाम्रै देशमा थियो। केही वर्ष अगाडि सम्म। तर अहिले युग बदलिएकाे छ। महिला माथी हुने अन्याय, अत्याचार,  दमन, शोषण केही मात्रामा भएपनि न्युन भएको छ। समयक्रमसगै हिजो अमानवीय ज्यादती विरुद्ध लड्दा लड्दै आज सम्म आइपुग्दा महिला केहिहद सम्म अधिकार पाएका छन्। तर कार्यान्वयनकाे पाटो संतोषजनक भने छैन। दस वर्ष महान जनयुद्धले गर्दा नेपालमा केही मात्रामा महिला अधिकार अलि माथी नै छ । संबिधानमा नै महिलाहरुलाई समाबेशी र समानुपातिकमा ३३ प्रतिशत सम्म अधिकार सुरक्षित गरिएको छ। त्यो अधिकार महिलाहरुले संघर्ष गरेर नै हासिल गरेका हुन्। बिश्व इतिहास पल्टाएर हेर्दा राजनीति क्रान्ती पछि मात्र कुनै पनि देशमा आर्थिक क्रान्ति र त्यस देशका जनताले अधिकार पाएका छन्। दस वर्ष जनक्रान्तीको जग बाट नै आजका यिनी उपलब्धि जन्मेका हुन्। क्रान्तिको नेतृत्व इतिहासको आवस्यकता अनुसार महिला र पुरुष दुबैले गरेका छन्। क्रान्तिकाे नेतृत्व कस्ले गर्ने त्यो मुख्य कुरा होइन तर मुख्य कुरा एजेन्डा नै हो। रोजा लक्जम्वर्ग प्राचीन युगिन पुर्वीया महिला दार्शनिक गागृ आदि उन्नत र उपयुक्त उदाहरण हुन्। क्रान्ति र बलिदानको मोर्चामा उभिने समय दस बर्षीय जनयुद्ध थियो । नेपालको कुनै पनि क्रान्तिमा महिलाको रगत, पसिना नबगेको हैन, कानुनत: जनताले बनाएको संविधानबाट समानुपातिक, समाबेसिताको सुन्दर ब्याख्या छ । अहिले समानुपातिक शब्द पनि सुन्दा र ब्याख्या गर्दा सुन्दर छ, त्यति नै पिडादायक र असहय, ब्याबहारमा आउदा छ । अहिले अबसरवादीहरु आन्दोलन र क्रान्ति गर्ने याेद्वाहरुको हिस्सालाई प्रतिलिपीमा उतार्दै नेता र नेतृत्वलाई आफ्नो घेरामा घुमाइराख्ने प्रवृती  नेपालका पार्टीमा हावी हुँदै गएको छ । दलका प्रभावशाली नेताहरुले महिला कोटाको नाममा आफ्ना मात्रै होइन ठेकेदारका श्रीमती, ब्यापारिका श्रीमती र आफ्ना प्रेमिका भनाउदाहरुलार्इ समेत राखेका छन् । नेता बनाएका छन्, सेवा सुबिधा दिलाउने सहुलियत कोटाका रुपमा समानुपातिक बनाइएको छ । यसले संविधानमा उल्लेखित समाबेसी समानुपातिक शब्दको मर्मलाइ कुनामा पारिदिएकाे छ । स्वयम साँसद बन्नेलाइ पनि राजनीतिमा योगदान, त्याग गर्नुपर्छ भन्ने छैन। अर्कोतिर जसले दशौ बर्ष ब्यक्तिगत स्वार्थ नभनी राजनीतिमा इमानदारी पुर्बक लागे, उनीहरुलाइ निराश र हतोत्साहित पारेको छ । पहुँच र शक्तिशाली नेताहरुले साँसद जस्तो गरिमा पद आफ्नो गोजिबाट पाँच रुपैया सडकमा माग्नेलाइ दिएजस्तो तल्लो स्तरको दान गरिरहेका छन । ब्यापारिबर्गको उपस्तिथि सम्सदमा भइरहदा उनिहरुले कस्को हितमा काम गर्लान त्यो त स्पष्ट छ । नेताहरुले मोटो रकम लियर आफ्नो स्वार्थ पुर्ती गर्न सर्बाहारावर्ग, पार्टी भित्रका कर्मठ, इमानदार कार्यकर्ताको भबिस्यमाथी खेलबाड गर्दैछन । यतिमात्र होइन अहिलेको जनमत, बामगठबन्धनको बहुमत र समाजबादी यात्रामा नै नेताहरुको यस्तो हर्कतले जनताको मनाेभाबना पूरा गर्लान ? समाजबादको आधारशिल सामुहिकता, समाबेशी समानुपातिक हो तर के हाम्रा नेताको समानुपातिक छनोट शैलीले कस्तो समाजबाद ल्याउलान त्यो भने आगामी दिनमा पुष्टि गर्नेछ । तर संसार बदल्नु छ भने सुरु आफैबाट गर्नुपर्ने हुन्छ । नेपालकाे राजनैितक परिवर्तन भन्दा पनि अाफ्नालाइ पाेष्ने प्रवृतिले कतिहदसम्म लाेकाचार गर्ने भन्ने विषय मुख्य भएर अाएकाे छ । युद्वमा महिलाले खेलेकाे भूमिकाकाे पनि अवमुल्यन हाेलाकि भन्ने डर लागि रहेकाे छ । लेखक  वाइसीएल नेपाल केन्द्रिय सचीव हुन

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending