Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एमालेले पेल्दै गए प्रचण्डले 'मेस्सी स्टार्इल'मा गोल गर्न पनि सक्छन्

\"\"काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता लम्बिदैछ । एकता गर्ने भनिएको ५ महिना बितिसके पनि अहिलेसम्म एकताको लागि ठोस कुरा हुन् सकेको छैन् ।  अहिले नेताहरू सरकार गठनपछि मात्रै एकता हुने प्रतिक्रिया दिदैं अाएका छन् । तर अध्यक्ष को हुने भन्ने बिषयमा विवादका कारण पनि एकता लम्बिन सक्ने अनुमान गरिएको छ । शुरूमा एकतापछि पार्टी अध्यक्ष माअोवादीलार्इ र प्रधानमन्त्री एमालेलार्इ दिने भन्ने भद्र सहमति भएपनि अहिले एमालेले दुबै नछाड्ने भएपछि एकतामा समस्या अाएको हो । माघ १५ भित्र पार्टी एकता गर्ने र सरकार गठन गर्ने पनि सहमति थियो । गत असोज १७ गते वाम गठबन्धन घोषणा गरेर नेपाली राजनीतिमा तरंग पैदा गरेका ओली र प्रचण्डले आखिरीमा पार्टी एकता गरेर मुलुकलाई राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अघि बढाउलान भनेर सर्वसाधरण जनताले अपेक्षा गरेका थिए । तर, चुनावी नतिजा आएपछि ओली पक्षधर नेताहरुले दम्भ देखाएको र प्रचण्डलाई पेल्न खोजेको प्रचण्ड पक्षधर एक नेताले खबरडबलीलार्इ बताए । \'प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा आफू आशिन हुने ओलीको चाहानाले गर्दा एकता प्रक्रिया नै अलमलमा पर्यो\' स्रोतले खबरडबलीसँग भन्यो \'अब त प्रचण्डजी पनि नयाँ निर्णय लिने तयारीमा जुट्नुभएको छ, यसको नतिजा सायद केहिदिन भित्रै आउन सक्छ।” राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रचण्डले डरलाग्दो निर्णय गर्ने आन्तरिक तयारी गरेका छन् । केही पनि नपाउने भएपछि उनले एमालेसँग एकता गर्नुभन्दापनि एमालेबाहेकका दलहरुसँग मिलेर किन सरकार नबनाउने भन्दै आफू निकट नेताहरुसँग भन्न थालेका छन् । यसअघि कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ५ बर्षे प्रधानमन्त्री बन्न प्रचण्डलार्इ अफर गरेको समाचार पनि सार्वजनिक भइसकेका छन् । सबै पद एमालेलार्इ सुम्पेर एकता नगर्न प्रचण्डमाथि दबाब बढ्न थालेको छ । माअोवादी नेताहरूका अनुसार अहिले प्रचण्ड-अोलीको भेट पनि पातलिदैं गएको छ । ७०/३० को भागबन्डामा जान नहुने कतिपय नेताहरूले प्रचण्डलार्इ दबाब पनि दिदैं अाएका छन् । माअोवादीबाट फुटेर गएकाहरूलार्इ एक जुट बनाउन पनि उनलार्इ चाैतर्फि दबाब छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending