Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कांग्रेसका सात जिल्ला सभापतिको देश दौडाहा सुरु

\"\"तेह्रथुम । चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् । जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको चरम लापरबाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्तासमेत विचलित भएकाले संगठन सुदृढीकरणका लागि जिल्ला–जिल्ला पुगेर साझा धारणा बनाउन लागेका हुन् । पार्टीमा नीति र सिद्धान्तभन्दा बढी नेता हाबी भएको भन्दै उनीहरूले अब नेतृत्व भन्दामाथि नीति र सिद्धान्त हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संगठन सुदृढीकरण र अहिलेको पराजयलाई आगामी चुनावसम्ममा विजयमा परिणत गर्न पार्टीको नेतृत्व सच्चिएर फरक कार्यशैलीमा काम थालिनुपर्ने उनीहरूको भनाइ छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको रोल्पासम्मका सात जिल्ला सभापतिले सबै जिल्ला सभापतिको साझा धारणा बनाई पार्टीलाई सुदृढीकरणका लागि अभियान थालेका हुन् । शनिबार तेह्रथुमको म्याङलुङ्ग आइपुगेको सभापतिहरूको टोलीले पार्टी सभापतिको राष्ट्रिय भेलाको तयारी भइरहेको र सो भन्दा अगावै धेरै जिल्लामा पुगेर त्यहाँको अवस्था र अनुभव साटासाट गरेर अघि बढ्ने बताइएको छ । टोलीमा ताप्लेजुङ सभापति लीला बोखिम, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, रोल्पा सभापति अमरसिंह पुन, प्युठान सभापति अमरप्रसाद भण्डारी, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, तेह्रथुम सभापति गोविन्द ढुंगाना र संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ छन् । इलाम, ताप्लेजुङ हुँदै पाँचथरबाट तेह्रथुम आइपुगेको टोली शनिबारै संखुवासभा पुगेको छ । पार्टीमा नीतिभन्दा नेतृत्व हाबी भएकाले चुनावमा पराजय भोग्नुपरेको सिँचाइ राज्यमन्त्री समेत रहेका रोल्पा सभापति अमरसिंह पुनले बताए । राज्यमन्त्री पुनले देश संघीयतामा जाँदै गर्दा पार्टी केन्द्रीय समितिले जिल्ला कार्यसमितिको अधिकार खोसेर पार्टीको जिल्ला र स्थानीय तहका संगठनलाई अपहेलना गरेको आरोपसमेत लगाए । गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ र प्यूठान सभापति अमर भण्डारीले पनि पार्टीभित्र पराजयको कारण खोजिनुपर्ने धारणा राखे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: