Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

प्रचण्डको अध्यक्ष कार्डः ओलीलाई ‘थाल खाउँ न भात खाउँ’

\"\"काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लगत्तै हुने भनिएको पार्टी एकता अझै अन्योलमा छ । एमाले–माओवादीले तत्काल पार्टी एकता प्रक्रियालाइृ अघि बढाउने भन्दै एकता संयोजन समिति नै बनाएर चुनावी तालमेल गरेका थिए । ‘दुई हप्तामात्र समय पाएको भए चुनाव अघि नै पार्टी एकता हुन्थ्यो’ भनेका नेताहरुले एकता प्रक्रियालाई चार महिना बित्दासमेत निर्णयक बनाउन सकेका छैनन् । यसबिचमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीले थुप्रै पटक ‘वान टू वान’ वार्ता गरे । दुबै दलका नेताहरु सम्मिलित एकता संयोजन समितिको बैठक बस्यो । तर, पार्टी एकताबारे ठोस निर्णय हुन सकेन । भावनात्मक एकता भइसकेको बताएका दुबै दलका नेताहरुको छलफल पछिल्लो समय पदीय भागबण्डामा केन्द्रित बनेको छ । माओवादी केन्द्रका एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी दुबैको नेतृत्व आफैँले लिन खोजेपछि एकताकालागि सहमति जुट्न नसकेको हो । एकीकृत पार्टीको अध्यक्ष पदले नै एमाले र माओवादीबिचको पार्टी एकता टुट्ने संकेत देखा परेको उनले बताए । चुनावअघि दुई दलका अध्यक्षहरुमध्ये एकले सरकार र एकले एकीकृत पार्टीको नेतृत्व गर्ने मौखिक सहमति गरेका थिए । तर, चुनावी नतिजा आएलगत्तै एमालेका केही नेताहरुले सरकार र पार्टी दुबैको नेतृत्व ओलीले गर्नुपर्ने माग गर्न थालेका छन् । एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता नहुने निष्कर्ष नै निकालेको ओली निकटका एक एमाले नेता बताउँछन् । उनका अनुसार एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई बनाउँदा पार्टी भित्र आफ्नो गुट कमजोर बन्ने र प्रचण्ड गुट शक्तिशालि बन्ने ओली–पोखरेलको बिश्लेषण छ । यसअघि पार्टी भित्रेका थुप्रै नेताहरुलाई चिढ्याईसकेका ओलीले एमाले भित्रकै नेताहरुबाट खतरा देखेको उनले खबरडबलीलाई बताए । उनले बताए अनुसार एमालेभित्र माधवकुमार नेपालसहितका नेताहरूको समूह कुनै हालतमा ओली गुटलाई पार्टी भित्रै अल्पमतमा पार्न मरिमेटेर लागेका छन् । एकीकृत पार्टीको अध्यक्ष छोड्दा नेपाल समुह प्रचण्डसँग मिलेर पार्टीभित्र बलियो बन्ने र ओली गुट अल्पमतमा पर्ने ओलीको ठम्याइ छ । एमालेभित्र नेपाललाई प्रचण्डप्रति नरम नेताका रुपमा लिइन्छ । यतिबेला एमालेभित्र ओली गुट प्रचण्डलाई कुनै पनि हालतमा अध्यक्ष नदिने, सह–अध्यक्ष वा अरू कुनै भूमिका दिएर एकता गर्ने अडानमा छ भने अर्को समुह प्रचण्डलाई अध्यक्ष र ओलीलाई प्रधानमन्त्री बनाएर एकता प्रक्रियालाई अघि बढाउनु पर्ने बताउँदै आएका छन् । पछिल्लो समय प्रचण्ड एमालेभित्र आफु हावी बन्ने प्रयासमा छन् भने माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले प्रचण्डलाई साथ दिएको देखिन्छ । राष्ट्रियसभाको चुनाव बहुमतीय प्रणालीमा गरिनुपर्ने अडान राखेका ओली राष्ट्रपतिबाट कुनै पनि हालतमा राष्ट्रियसभासम्बन्धी अध्यादेश जारी गर्न नहुने पक्षमा थिए तर, प्रचण्ड ओलीको बिपक्षमा उभिए । एमाले नेताहरु नेपाल, खनाल र गौतमले प्रचण्डलाई नै साथ दिएपछि ओली ‘ब्याक’ भए र एमाले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिकहाँ पठाएर अध्यादेश स्वीकृत गर्न लगाए । एमाले नेताका अनुसार ओलीले सो कदममा नेताहरु नेपाल, खनाल र गौतमको साथ पाउने आशा गरेका थिए । आफ्नै पार्टीका नेताहरु प्रचण्डको पक्षमा उभिएपछि पार्टी एकतापछि प्रचण्ड एमालेभित्र सर्वमान्य नेता बन्ने त्रास ओलीमा पलाएको हो । एमालेभित्र लोकप्रिय बन्दै गएका युवा नेताहरु योगेश भट्टराई र घनश्याम भुसाल पनि यतिबेला पार्टीभित्रै ओलीबिरुद्ध देखिन्छन् । उनीहका पछिल्ला अभिव्यक्ति ओलिको कटाक्षमा देखिन्छ । एमालेले अबलम्बन गरेको पथप्रदर्शक सिद्दान्त जबजको च्याप्टर ‘क्लोज’ गर्नुपर्ने अभिव्यक्ति दिएका भुसाल ओलीबिरुद्द ‘क्याम्प’ खडा गर्न बलियो आधार र ओलीसमान हैसियतको नेतृत्वको खोजिमा छन् । नेता नेपाल, खनाल र गौतममा उनले त्यो राजनीतिक तागत देखेका छैनन् । एमाले महाधिवेशमा अध्यक्षमा ओलीलाई हराउन मरेर लागेका भट्टराई भुसाललाई साथ दिइरहेका छन् । एमाले सचिव समेत रहेका भट्टराई पछिल्लो समय प्रचण्डप्रति नरम देखिन्छन । यतिसम्मकि प्रचण्ड प्रमुख अतिथि र भट्टराई विशेष अतिथि रहेको एक समारोहमा बोल्दै ‘यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड’ भनिदिए । उनले झुक्किएर बोलेको भए सो अभिव्यक्ति सच्याउनु पर्ने हो तर, उनले सच्याएनन् । प्रचण्ड पछिल्लो समय एमालेभित्र ‘पपुलर’ बन्दै गएको यसले पनि पुष्टि गर्छ । एमालेभित्र ओली गुट भन्दा बाहेकका सबै अधिकांश नेता ओलीबिरुद्ध लागेको एमाले नेता बताउँछन् । यस्तो अवस्थामा पार्टी नेतृत्व छोड्दा आफु र आफ्नो समुह सधैँ पछाडि पर्ने जानेरै ओली प्रचण्डलाई अध्यक्ष दिन तयार नभएको उनले बताए । उनका अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष दिँदा भविष्यमा पार्टी अध्यक्ष बन्ने बाटो बन्द हुने भन्दै आली गुटका अन्य नेताहरुले पार्टी एकतालाई टुङ्गोमा पुर्याउन नसकिने निष्कर्ष समेत निकालेका छन् । ‘ओलीजीलाई आफ्नै पार्टीका नेताहरुको डर छ, एकतापछि आफु इतरका सबै नेताले प्रचण्डसँग मिलेर मोर्चाबन्दी गरे भने आफु अल्पमतमा परिन्छ भन्ने उहाँको सोच छ,’ एमाले नेताले खबरडबलीसँग भने, ‘ओलीजी आफु र आफ्नो समुहको राजनीतिक भविष्य नै संकटमा पर्ने देखेर नै प्रचण्डलाई अध्यक्ष छाड्न नचाहानुभएको हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies