Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

आ–आफ्नै कार्यकर्ता र आफन्तलाई मात्रै राहत

गोरखा, विनाशकारी महाभूकम्प गएको दशौं दिन भइसक्दा पनि गोरखामा भूकम्पपीडितहरुको उद्धार भइसकेको छैन र तिनले राहत पनि पाउन सकेका छैनन् । एकद्वार प्रणालीबाट वितरण गरिएको भनिएको राहत नेतागणहरुले आ–आफ्ना नातागोता र कार्यकर्ताहरुतर्फ केन्द्रित गरेका छन् । गोरखा नगरपालिकाको कुमाल वस्तीलगायत बेनिखोला क्षेत्रमा कुनै राहत पुग्न सकेको छैन । मृतकका परिवारजनहरुलाई दुईवटा चाउचाउ र एक माना चिउरा वितरण गरिएको छ, यो खबर बक्राङको हो । जिल्लामा ४६ हजार घरधुरी पूर्ण रुपमा नष्ट भएका छन् । १४ हजार घरधुरी बस्नै नहुने गरी भत्किएका छन् । ४ सय १० जनाले ज्यान गुमाइसकेका छन् । १ हजार ६ सय घाइतेहरुको उपचार भइरहेको छ । हेलिकप्टरमार्फत भएका ढुवानी समेत सम्बन्धित क्षेत्रमा पुग्न सकेका छैनन् । भूकम्प गएको दस दिन हुँदा गुम्दा गाविसको यम गाउँ र लप्सीबोटमा कुनै समान पुग्न सकेको छैन । उत्तरी गोरखाका उहिया, सामागाउँ, ल्हो, प्रोक, चुम्चेत, छेकम्पारका गाउँगाउँमा खाद्यसामग्री पुग्न नसकेको गोरखा निर्वाचन क्षेत्र नं. ३ का सभासद छमबहादुर तमुले बताए । यसैबीच १ हजार बोरा चामल बोकेर सुनसरीबाट आएको ट्रकका समान हराएको दुई दिन भैसक्दा पनि अझै पत्ता लाग्न सकेको छैन । भूकम्पपीडित जनधनको अवस्थाका बारेमा जानकारी लिन सभासदहरु डा. बाबुराम भट्टराई, हितराज पाण्डे, कृष्ण धिताल, छमबहादुर तमु, चिनकाजी श्रेष्ठ र कमला पन्त गोरखा आइपुगेका छन् । सभासदद्वय तमु र पाण्डे १३ गतेदेखि नै जिल्लामा खटिएका छन् । नेता पाण्डेले गोरखा निर्वाचन क्षेत्र नं. २ का सबै गाविसको स्थलगत अवलोकन गरी फर्किएका छन् । नेता भट्टराई यतिबेला क्षेत्र नं. १ को स्थलगत दौडाहामा रहेका छन् । श्रेष्ठ र पन्त जिल्ला विकास समितिकेन्द्रित छन् भने नेता तमु र धिताल यतिबेला घ्याम्पेसाल पुगेका छन् । जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा सहसचिव नेतृत्वमा डिपो स्थापना गरिएको छ । घ्याम्पेसालमा सहसचिव विष्णुृप्रसाद नेपाल, क्षेत्र नं. २ मा सहसचिव कपिल डंगोल र क्षेत्र नं. १ मा सहसचिव रविन्द्रमोहन भट्टराईको टोली खटिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending