Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

सुष्मा स्वराजले कसलाई के सन्देश छाडेर गइन् ?

\"\"काठमाडौं । नेपालको ‌औपचारिक निम्तोबिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दुई दिने भ्रमणमा नेपाल पाचँवटै राष्ट्रिय पार्टीका नेतासँग भेटघाट गरिन् । केहीसँग सामूहिक त केहीसँग ‘वान टु वान’ वार्ता पनि गर्न भ्याइन् सुष्माले । उनले राष्ट्रिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\', संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्त ठाकुरलगायत नेतासँग भेटघाट गरेकी छन् । अाजको अन्नपूर्णमा खबर छ-उनले एमाले अध्यक्ष ओली, माआवोदी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवसँग ‘वान टु वान’ वार्ता गरेकी छन् । नेपाली कांग्रेस र राजपाका नेतासँग उनले सामूहिक भेटवार्ता गरिन् ।
सदभावना र शुभकामना आदानप्रदानका लागि आएको भनिए पनि भित्री रहस्य फरक रहेको धेरैको विशलेषण छ । एकथरीले ओलीको राष्ट्रवादी चरित्रमाथि जनताले प्रश्न उठाउने अवस्था सुष्माको भ्रमणले सिर्जना गरिदिएको टिप्पणी गरेका छन् भने अर्काथरीले नाकाबन्दी र अनावश्यक राजनीतिक हस्तक्षेपबाट सम्बन्धमा तिक्ता आएपछि \'कोर्ष करेक्सन\' गरेको तर्क पनि गरिरहेका छन् ।
वाम गठबन्धन सरकारमा गइनसकेको र देउवा सरकारको बहिर्गमन भइनसकेको संक्रमणकालिन अवस्थामा नेपाल भ्रमण आएकी सुष्माले नेपालको नेतृत्व र यहाँका नेताहरुलाई के सन्देश छाडेर गइन् त ? भित्री तथ्यहरु विस्तारी उद्घाटित हुँदै जालान् खुलेको एउटा तथ्य भनेको उनले भेटेजति सबै नेतालाई बधाईको पोको दिएर फकाउने प्रयास गरिन् । ओलीबाट सुरु भएको बधाईको श्रृंखला प्रधानमन्त्री देउवासम्म पुगेर टुंगियो । बिहीबार साँझ होटल सोल्टीमा पहिलो भेट गर्ने क्रममा ओलीलाई उनले निर्वाचनबाट सबैभन्दा ठुलो दलको नेता तथा भावी प्रधानमन्त्रीकारुपमा बधाई दिन भ्याइन् । दोस्र भेटमा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई वाम गठबन्धनकाबीच पनि राम्रो चुनावी नतिजा ल्याएको भन्दै बधाई टक्र्याइन् ।
तेस्रो भेट उनले होटल सोल्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरिन् । त्यहाँ पनि उनले निर्वाचन सफल गराएकोमा तथा चुनावी परिणाम राम्रो ल्याएको भन्दै बधाई तथा सहकार्यको प्रस्ताव गरिन् ।
त्यसपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई होटल सोल्टीमै भेटेर मधेस (दुई नम्बर प्रदेश) को ठुलो दल बनेको बधाई दिइन् । उनले त्यससँगै निर्वाचनबाट नयाँ जनादेश प्राप्त गरेपछिको अवस्थामा सं‌विधान स‌ंशोधनको मुद्दाबारे पनि यादवसँग प्रश्न गर्न भ्याइन् । उनले यादवसँग २ नम्बर प्रदेशको सरकार र मुख्यमन्त्रीबारे पनि चासो राखेकी थिइन् । कुन् दल र नेतासँग के भनिन् ? नेकपा एमाले : एमाले अध्यक्ष ओलीसँग चिसिएको सम्बन्ध सुधार्नु भारतको मुख्य उद्देश्य थियो । उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरिन् । विदेश मन्त्री स्वराजले ओलीसँगको भेटमा निर्वाचन सम्पन्न गराएर पहिलो पार्टी बनेकोमा बधाई दिइन् । उनले निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन् । करिब ४५ मिनेट ओली र सुष्माको बीच ‘वान टु वान’ वार्ता भएको थियो । निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने बताउँदै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको बताइएकी थिइन् ।
आफूसँग सल्लाह नगरी नयाँ संविधान जारी गरेको भन्दै भारतले लगाएको नाकावन्दीको तत्काली प्रधानमन्त्री ओलीले कडा प्रतिकार गरेका थिए । ओलीले सरकारको नेतृत्व गरेका बेला नेपाल चीनसँग नजिकिन पुगेको थियो । त्यो बेला पारवहन र वेल्ट एण्ड रोड परियोजनाबारेमा पनि सम्झौता भएको थियो ।
जसका कारण भारत ओलीसँग चिढिएको थियो । त्यहीकारण ओली र भारतबीचको सम्बन्ध अझै सुध्रिसकेको छैन। ओलीकै नेतृत्वमा वामपन्थीले चुनाव जितेपछि ओलीसँग सम्बन्ध सुधार्नुको विकल्प भारतसँग थिए । चुनावपछि ओलीलाई सरकारमा जान रोक्न भारतले मधेसवादी, माओवादी र कांग्रेसलाई मिलाउन हरसम्भव कोशिश पनि गरेको थियो । तर, त्यो प्रयास असफल भयो अनि मोदीले निर्वाचन जितेको र भावी प्रधानमन्त्री भन्दै ओलीलाई फोन गरेर बधाई दिए ।
 ओली आफ्नो सद्भाव र समर्थनका कारण दोस्रो पटक प्रधानमन्त्री बन्न सकेको सन्देश विश्व समुदाय देखाउन पनि भारतले सुष्मालाई नेपाल पठाएको थियो। ओली र नेपाललाई चीनसँग नजिक हुनबाट रोक्ने भारतीय प्रयासका रुपमा पनि यो भ्रमणलाई हेरिएको छ ।
माओवादी केन्द्र: माओवादीका अध्यक्ष प्रचण्डसँग पनि उनले ‘वान टु वान’ वार्ता गरिन् । प्रचण्डसँग पनि होटल सोल्टीमै निर्वाचनमा वाम गठबन्धनले जितेकोमा उनले बधाई दिइन् । ओली र प्रचण्डसँगको भेटमा सुष्माको चासो दुई पार्टीबीचको एकतामा पनि थियो । तर उनले आफूहरु अब सहकार्य गरेर अघि बढ्न तयार रहेको सन्देश प्रचण्डलाई पनि दिइन् । चुनावपछिको नेपालको परिस्थिति र नयाँ सरकार गठनबारेमा प्रचण्डको भेटमा उनले चासो राखेकी थिइन् । वर्तमान परिस्थितिमा नेपालको राजनीति कसरी अगाडि बढ्छ भन्ने विषयमा समेत उनले चासो दिइन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नयाँ बजेटमार्फत नेपालको सहयोग ७० प्रतिशतले बढाएको घोषणा गरेको भोलिपल्ट नेपालको स्थायित्व र विकासका लागि सहयोग गर्न भारत तयार रहेको आश्वासन उनले दिइन् । नेपाली कांग्रेसः विदेशमन्त्री स्वराजले अन्तिम भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेकी थिइन् । देउवासँगको भेटपछि उनी सोझै एयरपोर्ट पुगेर स्वदेश फर्किएकी छन् । उनले प्रधानमन्त्रीलाई नयाँ संविधान बनेपछि तीनै तहका निर्वाचन गराएको बधाई दिन नेपाल आएको बताएकी थिइन् ।
प्रधामन्त्री देउवासँग दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउन दुवै पक्षले गर्नुपर्ने कामबारे पनि बैठकमा कुराकानी भएको थियो । प्रधानमन्त्रीसँगको भेटवार्तामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका मन्त्री र कांग्रेसका अन्य नेताहरु समेत रहेका थिए ।
राष्ट्रपतिः राष्ट्रपति विद्यादेवी भण्डारी र स्वराजबीचको भेटमा दुई देशको सम्बन्ध सुधारबारे कुराकानी भएको बताइएको छ । उनले राष्ट्रपतिलाई भेट्नेबित्तिकै देशमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई दिइन् । उनले नेपाल र भारतबीच परम्परादेखि बहुआयामिक सम्बन्ध रहेको बताउँदै यसलाई अझै घनिष्ठ बनाउन आफू नेपाल आएको प्रष्टोक्ति राष्ट्रपतिसमक्ष दिएकी थिइन् । फोरमः सोल्टी होटलमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवसँग उनले ‘वान टु वान’ भेट गरिन् । स्वराज र यादवबीचमा नयाँ सरकार गठनदेखि संविधान संशोधनका विषयमा शुक्रबार आधा घण्टा छलफल भयो । पढ्नुस्:उनले २ नम्बर प्रदेशको सरकार निर्माणबारेमा बढी चासो राखेकी थिइन् । उनको चासो सरकार प्रमुखबारेमा पनि थियो । प्रदेश २ को मुख्यमन्त्री चयनबारे स्वराजले चासो दिएकी यादवनिकट स्रोतले जनाएको छ। त्यसैगरी वाम गठबन्धनको सरकारमा गएर संविधान संशोधनको मुद्दा अघि बढाउने सुझाव पनि स्वराजले मोदीको तर्फबाट दिएकी छन् ।
यादवसँगको भेटमा नेपालको नयाँ संविधान सशोधनका मुद्दा सम्बोधन नभएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन । \'नयाँ जनादेश प्राप्त भएको अवस्थामा संविधान स‌ंशोधनको मुद्दा कसरी अगाडि बढाउनु हुन्छ?\', यादवलाई स्वराजले सोधेकी थिइन् ।
मधेसवादी दलसँगको भेटमा स्वराजले संविधानको कुरा उठाएर अझै पनि स्वीकार्न नसकेको जनाउ दिएकी छन् । भारतले नेपालको नयाँ जनादेशको स्वागत गरे पनि नयाँ संविधानको भने अहिलेसम्म औपचारिक स्वागतमा बोलेको छैन । राजपाः राजपाका नेतासँगको भेटमा स्वराजले प्रदेश २ को विकासमा भारतले जस्तोसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिएकी छन् । उनले नेता महन्थ ठाकुरसहितको सामुहिक भेटका क्रममा राजपा र फोरमबीच एकता गर्न पनि सुझाव दिइन् ।
त्यस क्रममा उनले नेपालको संविधानमा मधेसीका मुद्दा समावेश नभइसकेको सं‌केत गर्दै नयाँ जनादेशपछि त्यो मुद्दालाई अघि बढाउनेबारे पनि छलफल गरेकी थिइन् ।
फोरम र राजपाका नेतासँगको भेटका क्रममा उनले मधेसवादी दलले निर्वाचनबाट ल्याएको परिणामले आफु खुसी भएको बताएकी थिइन् । निर्वाचन परिणामबाट भारत खुसी भएको सन्देशसँगै एकता गरेर अघि बढ्न सुझाएकी स्वराजले मधेसको मुद्दाबाट नेपालमा अझै राजनीतिक अस्थिरता खोजेको भारतीय दृष्टिकोण पनि छरपष्ट पारिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies