Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सरकारद्वारा राहत र पुनःस्थापनासहितको विशेष सङ्कल्प प्रस्ताव संसदमा ल्याइने

काठमाडौँ, सरकारले संसद्को आगामी बैठकमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत तथा पुनःस्थापनासहितको विशेष सङ्कल्प प्रस्ताव पेस गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्को यही २४ गते बस्ने बैठकमा सबै दलका तर्फबाट साझा कार्यक्रम तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठकले यस विषयमा छलफल गरेको हो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई समग्र रुपमा कसरी व्यवस्थित गर्ने र राष्ट्रिय सङ्कटको यस घडीमा सम्पूर्ण दल एकताबद्ध भएर सङ्कल्पका साथ कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल भएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

संसद्को बैठकअघि नै सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम तयारीका लागि सबै दलका कार्ययोजनामाथि छलफल त्यसलाई समेट्ने र अन्तिम रुप दिने विषयमा प्रमुख दलबीच सहमति भएको छ ।

राहत र उद्धारका लागि सरकारका तर्फबाट विशेष सङ्कल्प प्रस्ताव ल्याउन सबै दलको व्यापक समझदारी जुटाउन प्रधानमन्त्री कोइरालाले छलफल अघि बढाउनुभएको काँग्रेसका केन्द्रीय सदस्य एवम् वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले बताए ।

विपत्तिको यस घडीमा सत्तापक्ष वा विपक्ष भन्नुभन्दा पनि एकढिक्का भएर भूकम्प प्रभावित क्षेत्रका लागि राहत र पुनःस्थापनाको दीर्घकालीन कार्ययोजना कसरी ल्याउन सकिन्छ भन्ने सम्बन्धमा बैठकमा छलफल भएको थियो ।

बैठकमा राहत र पुनःस्थापनाको कार्ययोजनाका साथै उद्धारका लागि विभिन्न मुलुकबाट आएका टोलीलाई धन्यवाद दिई आ–आफ्ना देश फर्कन सरकारले गरेको आग्रहमा प्रमुख दलले सहमतिसमेत जनाएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए

उद्धारको काम अन्तिम चरणमा पुगेकाले आवश्यक विज्ञ टोलीबाहेक अन्य सबैलाई धन्यवाद दिई आ–आफ्ना देश फर्कन प्रमुख दलले सहमति गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending