Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट

\"\"जनकपुरधाम । यही माघ २१ गते हुने प्रदेश नं २ को प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित, मर्यादित र सङ्घीय संसदीय मूल्यमान्यताको परिधिभित्र रही सञ्चालन गर्नेबारे आज सर्वदलीय बैठक सम्पन्न भयो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोशाक, भाषा, सिट निर्धारण, अध्यक्षमण्डलको मनोनयन, अन्तरिम कार्यविधि, दर्शक र विशेष पास, नियमावली मस्यौदा समिति गठन, कार्य व्यवस्था परामर्श, सभामुखको निर्वाचन, परिचयपत्र र प्रतीकचिह्नलगायत विषयमा छलफल भएको थियो । सङ्घीय संसद् सचिवालयबाट प्रदेशसभालाई व्यवस्थित र सहयोग गर्न यहाँ आएका टोलीका नेतृत्वकर्ता वंशीराज पौडेलले बैठकले प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, बण्डी वा प्रदेशको मौलिक पहिरन र मर्यादापालकलाई सफारी सुट निर्धारण गरेको जानकारी दिए । सरकारबाट प्रदेशसभाक लागि खटाइएका ३८ कर्मचारी नआएका कारण तत्काल स्थानीय कर्मचारीलाई नै प्रशिक्षित गरी प्रदेशसभा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को मस्यौदा विस्तृत अध्ययन गरी अर्को सर्वदलीय बैठकमा प्रस्तुत गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा दलका प्रतिनिधि र प्रदेशसभा सदस्यको समेत सहभागिता थियो । कार्यसूचीलाई अन्तिम रूप दिन अर्को सर्वदलीय बैठक यही माघ २० गते बस्ने जनाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies