Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रदेश बैठक कक्ष तयार हुँदै

\"\"पोखरा । यही माघ २२ गते बस्ने प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकलाई लक्ष्य गर्दै नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई व्यवस्थित गर्ने काम भइरहेको छ । वर्गाकार स्वरुपमा रहेको सभाकक्षमा प्रदेशसभाका ६० सांसदका साथै पत्रकार तथा दलका प्रतिनिधि र अन्य विशिष्ट व्यक्ति बस्ने लगायत संरचना निर्माण शहरी विकास डिभिजन कार्यालयमार्फत अघि बढाइएको छ । काठमाडौँबाट आएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकी नेतृत्वको टोलीको निर्देशनमा बैठक कक्ष निर्माण अघि बढिरहेको छ । डिभिजन कार्यालयका प्रमुख किशोरलाल माजुका अनुसार सभाकक्षका साथै नजिकै रहेको भवनमा सभामुख र उपसभामुखको सचिवालयसहितका संरचना निर्माण गर्न लागिएको छ । प्रशिक्षण केन्द्रको सभाकक्ष प्रदेशसभाको बैठकका लागि पर्याप्त देखिएको संसद् सचिवालयका सहसचिव बुढाथोकीले बताए । “प्रदेशसभाका ६० सदस्यका लागि बैठक गर्न सभाकक्ष पर्याप्त भए पनि त्यहाँ पत्रकार तथा विशिष्ट व्यक्ति एवम् दलका प्रतिनिधिलाई बस्ने व्यवस्था गर्नुपर्छ,”, उनले भने, “सकेसम्म एक दुई जना भए पनि बढी पत्रकार एवम् अन्य व्यक्ति राख्न सकिन्छ कि भन्ने सोचका साथ सिट संख्या बढाउने सोच राखेका छौंँ ।” प्रदेश नं ४ मा प्रमुख दल नेकपा (एमाले)का प्रदेशसभा सदस्य २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना छन् । प्रदेश नं ४ मा ५९ प्रदेशसभा सदस्यले शपथ लिइसके पनि स्वतन्त्रतर्फबाट विजयी मनाङ १ (ख) का सदस्य राजीव गुरुङले भने लिएका छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending