Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

मुख्यमन्त्रीका लागि सक्षम छु : राई

\"\"भोजपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि आफू सक्षम रहेको बताएका छन् । जिल्लाको पौवादुङ्गा गाउँपालिकाका वार्षिक बजेट र कार्यक्रम घोषणासभामा उहाँले आफू प्रदेश नं. १ को सरकारको नेतृत्वका लागि सक्षम रहेको बताएका हुन् । भोजपुर निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेता राईले भने, “प्रदेश सरकारको नेतृत्वको दौडमा म बलियोरुपमा प्रस्तुत भएको छु, सम्भवत मुख्यमन्त्रीको जिम्मेवारी मेरो काँधमा आउनेछ ।” सो प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका सचिव एवं पूर्व संस्कृतिमन्त्री भीमप्रसाद आचार्यले पनि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् । नेता राईले आउँदो फागुन पहिलो साताभित्र केन्द्र र प्रदेश सरकार बनिसक्ने र नयाँ सरकार बनेपछि मुलुकमा समृद्धिको महाअभियान शुरु हुने बताउँदै अब नेपाल कुनै अलमल र अराजकतामा नफस्ने दावी गरे । मुलुकका सात मध्ये छ वटा प्रदेशमा वाम गठबन्धनले सरकारको नेतृत्व गर्ने र अबको पाँच वर्ष जनताले दिएको जनादेशबमोजिम केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर देश विकासको योजनावद्ध अभियान सञ्चालन गरिने पनि उनले बताए । विकास निर्माणका काममा स्थानीय सरकारलाई जवाफदेही बनाउन सहयोगी भई खबरदारी गर्न पनि सांसद् राईले स्थानीय सरकारलाई थप बजेट र कार्यक्रम दिन आगामी प्रदेश सरकार तयार हुने पनि बताए । नेकपा (माओवादी केन्द्र) बाट नवनिर्वाचत प्रतिनिधिसभा सदस्य सुदन किराँतीले प्रदेश नं. १ ले राईलाई मुख्यमन्त्रीका रुपमा पाउने आशा व्यक्त गर्दै विकास निर्माणका काममा नयाँ सरकारपछि तिब्रता आउने स्पष्ट पारे । स्थिरता र विकासका लागि निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एमालेसँगको एकता हुने पनि उनले बताए । सो गाउँपालिकाको सोमबारको प्रथम गाउँसभाले खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्तिसुरक्षा र शिक्षालगायतका कार्यक्रम र चालू पूँजीका लागि कुल रु २२ करोड २९ लाख ८१ हजारको बजेट पारित गरेको थियो । गाउँपालिकाका अध्यक्ष किरण राईले जनताको चाहनाअनुसार आफूहरुले ल्याएका कार्यक्रम कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक भएको बताए । गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले वार्षिक बजेट र कार्यक्रम सार्वजनिक गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies