Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

बर्दियामा पाँच वर्षयता ६९६ जना कुष्ठरोगी

\"\"गुलरिया । बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिनुभएको छ ।

उनले ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ आँै विश्व कुष्ठरोग दिवशका अवसरमा पत्रकारसँगको अन्तक्र्रियामा सो जानकारी दिए । उनका अनुसार गतवर्ष कुष्ठरोगी बढेका थिए औषधि खानेमा तीन हजार २१५ जना थिए भने यस वर्ष दुई हजार ६२६ जना उपचार लिने बिरामी छन् ।

पहिलेको तुलनामा बिरामी घट्दै छन् यस वर्षको पहिलो चौमासिकमा २७ जना बिरामी पत्ता लागेका र सबैभन्दा बढी गुलरिया नगरपालिकामा रहेको उनले बताए । निःशुल्क उपचारका लागि सिफारिश  यसैबीच, बर्दियाबाट क्यान्सर रोगीलाई २०६८ देखि २०७४ सालसम्म ४५८ जनालाई निःशुल्क उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले सिफारिश गरेको शाहले बताए । त्यसैगरी सिकलशेल रोगका बिरामी ३८२ लाई, २२८ मुटुरोगकालाई, १५१ जना मिर्गौला रोगका बिरामी, १३ जना स्पाइनल इजुरी, एकजना हेडइन्जुरी गरी जम्मा ६१० जना महिला र ६२३ जना पुरुष समेत जम्मा एक हजार २३३ जनालाई निःशुल्क उपचारको लागि सिफारिश गरी पठाएको जानकारी दिए । यस्तै, निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ५४८ जनाले सेवा पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार ८०० लाई बन्ध्याकरण गर्नुपर्नेमा अबको १० दिनभित्रमा लक्ष्य पूरा हुनसक्ने सूचना अधिकृत कृष्णगोपाल चौधरीले जानकारी दिए । उनका अनुसार स्थायी बन्ध्याकरण गर्नेमा महिला ९३ प्रतिशत छन् भने पुरुष सात प्रतिशत मात्र छन् । पुरुषले रोजगारीको सिलसिलामा घरबाट बाहिर जानुपर्ने भएकाले कमजोर शरीर हुने भएको हुँदा उनीहरु बन्ध्याकरण गर्न नमान्ने चौधरीको भनाइ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending