Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

देउवाको यस्तो दाउ देखेर पाैडेल समूह रूष्ट

\"\"काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अझै शक्तिशाली बनाउने तयारी गरेका छन् । चुनावमा पार्टीले पराजय बेहोरेपछि नेतृत्व हस्तान्तरणका लागि दबाब भइरहेका बेला देउवाले नयाँ रणनीतिका साथ आफूलाई बलियो बनाउन लागेका हुन् । सामुहिक नेतृत्वको रुमपा महामन्त्री, उपसभापति लगायतका पदाधिकारीलाई समेत भएको अधिकार खोसेर सभापतिलाई अधिकारसम्पन्न बनाई आफू शक्तिशाली बन्न लागेको बताईको छ । अब बस्ने केन्द्रिय समिति बैठकपछि महासमिति बैठक बस्ने निश्चित जस्तै भएको छ । महासमिति बैठकबाट विधान संशोधन गराएर सबै अधिकार सभापतिमा निहित गर्ने प्रयास देउवाको छ । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पेलेरै भए पनि सभापतिलाई अधिकारसम्पन्न बनाउने तयारी देउवाले गरेका हुन् । विधान संशोधन गरेर सभापतिलाई नै एकल अधिकार दिने विषयमा पौडेल पक्षले विमति राख्दै आएका छन् । तर पौडेल पक्षका नेता तथा पार्टीका महामन्त्री शशांक कोइरालालाई संसदीय दलको नेता बताएर पौडेल समुहमा फुट ल्याउने कसरतसमेत देउवाले गरेको बताईएको छ । देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर आवाज उठाएका युवा नेताहरुबीचमा देउवाले रणनीतिक तरिकाले विभाजन ल्याइसकेका छन् । तर देउवाले प्रयास गरे पनि विधान संशोधन गर्न त्यति सहज भने छैन । कांग्रेस नेता डा. रामशरण महतले यस विषयमा विमति जनाइसकेका छन् । नेता महतले देउवाले भनेर मात्रै विधान संशोधन हुन नसक्ने बताएका छन् । देउवा पक्षका नेता बालकृष्ण खाँडले सभापतीय प्रणालीमा जाने गरी विधान संशोधन गरिने बताएका थिए । तर महतले भने काम गरेर देखाउन चुनौति दिदै देउवालाई शक्तिशाली बन्न सुझाब दिए । “एक जनाले भन्दैमा शक्तिशाली बन्ने होइन । महासमितिमा देशभरका नेता कार्यकर्ताले आफ्ना कुरा राख्छन् । कुनै पनि प्रस्तावमा लामो छलफल हुन्छ । परिणाम निस्कन्छ । एउटा व्यक्तिले भनेर विधान संशोधन हुँदैन ।” महतले भने । देउवाले गरेका कामको बारेमा आफूले केही टिप्पणी नगर्ने भन्दै महतले जे जस्ता काम भएका छन्, त्यसको जवाफ देउवा आफैले दिनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending