Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री, यस्ता छन् फाइदा

\"\"काठमाडाैं । नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्य्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्राज्ञिक परिषद्का सदस्य एवं शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषद्बाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए । विश्वविद्यालयका कुलसचिव (रजिस्ट्रार) कमल ढकालका अनुसार केही कार्यक्रम यही आर्थिक वर्षमै सुरु गर्ने तयारी भएको छ । पाठ्यक्रमका केही ‘फ्रेम वर्क’ तयार भएका छन् । तीनवटा संकाय सञ्चालन हुने नेपाल खुला विश्वविद्यालयमा तीनवटा संकाय स्थापना हुने भएका छन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ । त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय अध्ययन गर्न पाउने कुलसचिव ढकालले बताए । कसरी पढ्न सक्छन् ? दूरशिक्षा विधिबाट नेपाल खुला विश्वविद्यालयमा अध्ययन गरी डिग्री प्राप्त गर्न सकिनेछ । प्राध्यापक वाग्लेले तीन तरिकाले अध्ययन गर्न सकिने बताए । विद्यार्थी आफैँले स्वाध्ययन गर्न सक्छन् । विश्वविद्यालयमा पढ्नुपर्ने कोर्स र सामग्रीको अध्ययन गर्न सकिनेछ । यदि कोर्स नबुझेमा इमेलमार्फत् प्रश्न सोधेर उत्तर पाउन सक्छन् । त्यसैगरी, दुर्गम जिल्लामा स्रोत केन्द्र खोलेर अध्ययनको व्यवस्था गर्न सकिन्छ । नबुझेको सोधेर पढ्न सक्ने व्यवस्था छ । त्यस्ता स्रोत केन्द्रमा सुविधासम्पन्न लाइब्रेरी स्थापना गरी अध्ययन गर्ने अवसर दिन सकिन्छ । अनलाइन माध्यमबाट पनि पढ्न सकिन्छ । अनलाइनबाट रजिस्ट्रर्ड हुने, त्यहाँ अध्ययन गर्ने व्यक्तिले आफ्नो सर्कल बनाउने र अन्तक्रिया गर्नसक्ने विकल्प पनि हुनसक्छ। यस्तो छ उद्देश्य ऐनमा प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट स्वःअध्ययन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षाप्राप्तिको अवसर आमजनसमुदाय समक्ष पुर्याई परम्परागत व्यावहारिक ज्ञान र सीपको आधुनिकीकरण गर्दै दूरशिक्षा प्रणालीको सञ्चालन, संयोजन र मापदण्ड निश्चित गर्ने गरी नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको उल्लेख छ । विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्नेछ । व्यवस्थापिका–संसद्बाट पारित भएको नेपाल खुला विश्वविद्यालयको विधेयक ३० असार ०७३ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । यस्ता छन् अरू विश्वविद्यालयभन्दा फरक व्यवस्था – शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ, अरू विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुन्छन् – अरू विश्वविद्यालयको जस्तो सेवा आयोगको व्यवस्था छैन – शिक्षाध्यक्षको काम उपकुलपतिले गर्ने व्यवस्था – प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति हुने व्यवस्था – आर्थिक प्रशासनिक काम गर्न कुलसचिव (रजिस्ट्रार)को व्यवस्था यस्ता छन् फाइदा – प्रा.डा. मनप्रसाद वाग्ले -धेरै शुल्क तिरेर उच्च शिक्षा लिन नसक्नेलाई सस्तो शुल्कमा डिग्री -काम गर्दै पढ्दै गरेर उच्च शिक्षा लिन सकिने -देशबाहिर लाखौँ मानिस छन्, जसले उच्च शिक्षाको चाहना राखेका हुन्छन्, विदेशमै बसेर उनीहरूले पढ्न सक्नेछन् -गृहिणीले घरमै बसेर अध्ययन गर्न सक्नेछन् -पहिले बीचमै पढाइ छाडेका र अहिले निरन्तरता दिन चाहनेहरूले घरमै बसिबसी अध्ययन पूरा गर्न सक्छन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies