Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

‘डान्स क्लब’ मा गोली चल्योः १४ जनाको ज्यान गयो, १४ घाइते

\"\"ब्रसिलिया । ब्राजिलको उत्तरपूर्बी सहर फोर्टालेजामा रहेको एउटा ‘डान्स क्लब’ (नृत्य सहितको रेष्टुरेन्ट) मा अज्ञात व्यक्तिले गोलीहानी कम्तीमा १४ जनाको हत्या गरिएको समाचार छ ।

यस दुर्घटनामा परी अन्य १४ जना घाइते भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

फोर्रो डो गागो नामक डान्स क्लवमा अत्याधिक भिड भएका बेला शनिबार एकाविहानै सहभागीहरुलाई लक्षित गरेर गोली चलेको थियो । प्रत्यक्षदर्शीहरुले स्थानीय ग्लोबो टिभीलाई बताएअनुसार बन्धुकधारीहरु कारमा आएर क्लबमा पसेका थिए र अन्धाधुन्द गोली प्रहार गरेका थिए । झण्डै आधा घण्टासम्म नै उनीहरुले उक्त क्लबमा आक्रमण गरेर फरार भएका प्रत्यक्षदर्शीले जनाएका छन् । आक्रमणबाट घाइते हुनेमध्ये केही बालबालिका समेत परेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजक हरेको अस्प्तालका अधिकारीहरुले बताएका छन् । केही व्यक्तिहरुले सामाजिक सञ्जालमा राखेको फोटोमा कम्तीमा १२ जनाको शव भुइँमा लडेको देखिएको छ भने तीमध्ये अधिकांश महिला रहेका छन् । स्थानीय प्रहरी अधिकारीहरुले यो घटना अहिलेसम्म देखेको भन्दा क्रुर घटना भएको बताएका छन् । डान्स क्लबका भित्ताहरु, घरको वरिपरी र त्यहाँका सवारी साधनहरुमा गोली लागेको दागहरु देखिएका छन् भने क्लब पुरै रक्तपातपूर्ण भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले घटना पुरै पुर्व तयारी अनुसार भएको जस्तो देखिएको बताएका छन् । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जानकारी पनि दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending