Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

चिनिया सशस्त्र प्रहरी र इन्जिनियरिङ टोलीले काम थाल्यो

काठमाडौं, अघिल्लो शनिबारको महाभूकम्पबाट आहत नेपालीलाई उद्धार र राहत सहयोग पर्याउने उद्देश्यले चिनिया सशस्त्र प्रहरीको टोली नेपाल पसेको छ। नेपाल सरकारको अनुरोधमा खासाको नाका हुँदै आइतबार चिनिया सशस्त्र प्रहरी सिन्धुपाल्चोकबाट पहिलो पटक नेपाल पसेको हो। महाभूकम्पको भोलिपल्ट गत आइतबार चिनियाँ जनमुक्ति सेनाको ६२ सदस्यीय खोज तथा उद्धार टोली नेपाल आएको थियो । चीनले भूकम्पका कारण नेपालका अतिप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन तथा राहतका खटाएका अरु टोलीहरू पनि नेपालमा सक्रिय छन् । चिनिया सरकारी समाचार संस्था सिन्ह्वाले जनाएअनुसार आइतबार दिउँसो ट्राफिक उद्धार ब्रिगेडका १ सय ६० सशस्त्र प्रहरी अधिकारी तथा इन्जिनियरिङ मिसनरीका ५६ एकाई तातोपानीस्थित मैत्रीपुल हुँदै नेपाल आएका हुन्। एक्स्काभेटरसहित आएका चिनिया प्रहरीहलाई सीमा क्षेत्रमा नेपाल प्रहरीको टोलीले स्वागत गरेको थियो । भूकम्पका कारण पहिरो गएर अवरुद्ध तोतोपानी–बाह्रबिसे सडक खोल्न सो टोली आइतबारै परिचालित भएको छ। शनिबारको महाभूकम्पले ल्हासाबाट काठमाडौँ आउने सडकमार्गअन्तर्गत नेपाल–तिब्बत क्षेत्र समेत क्षतिग्रस्त गराएको थियो । तिब्बत क्षेत्रको ८ सय २९ किलोमिटर खण्डको क्षतिग्रस्त भाग शुक्रबार खोलेपछि आइतबार चिनिया टोली नेपाल पसेको हो । रसुवागढी–केरुङ नाका खुला गरिए पनि अहिलेसम्म तातोपानी–खासा नाका नै नेपाल–चीन ब्यापारको प्रमुख नाका रहँदै आएकोमा महभूकम्पदेखि नेपाल–चीन व्यापार पूरै ठप्प छ । आइतबार आएको टोलीमा चिनिया सशस्त्र प्रहरीका करिब ५ सय अधिकारीसहित इन्जिनियरिङ विभागका १ सय ८० युनिट चार समूहमा विभाजित भई सडक खोल्न परिचालन गरिने ब्रिगेडका एक कमान्डर फु लिङले सिन्ह्वालाई बताएका छन् । चिनिया प्रहरीले नेपालको कानुन–नियमभित्र रहेर, स्थानीयको धार्मिक विश्वासलाई सम्मान गर्दै भूकम्पपीडितलाई राहत सहायता उपलब्ध गराउनेु उनले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending