Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

प्रचण्डले भने, –अब कुनैपनि दुश्चक्रमा फस्दैनौं

\"\"चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षा समाजवादउन्मुख हुनु आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवनको आठौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले देशलाई नयाँ युगमा लानका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । देशमा समाजवादको यात्रा सुरु भएको भन्दै उनले यसको शुरुवात शिक्षा क्षेत्रबाटै हुने बताए । देशलाई नयाँ युगमा लैजान शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले यसका लागि शिक्षकहरूको सहयोगको आवश्यकता रहेको अध्यक्ष दाहालले बताए । समाजवाद उन्मुख शिक्षाले निजी क्षेत्रको भूमिकालाई घटाउँदै सामुदायिक क्षेत्रको भूमिकालाई बढाउने उनको भनाइ थियो । अहिलेको निर्वाचनले देशलाई समाजवादतर्फ लाने शक्तिको झण्डै दुईतिहाई आएको भन्दै यसको जग हाल्ने काम शिक्षा क्षेत्र रहेको उनले बताए । शिक्षकहरूले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले उनीहरूको सम्मान हुन आवश्यक रहेको बताए । सरकारले शिक्षा क्षेत्रलाई निजी क्षेत्रलाई दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आभास भएको भन्दै उनले अब शिक्षा क्षेत्रलाई अराजकता र माफियाकरणतर्फ जानबाट रोक्नुपर्ने बताए । वाम गठबन्धनका नेताहरू शिक्षा क्षेत्रको परिवर्तनका लागि प्रतिबद्ध रहेको बताउँदै उनले अहिले पनि सम्बोधन भएन भने शिक्षा क्षेत्रको समस्या मात्रै नभई राष्ट्रकै समस्या विकराल हुने खतराप्रति सचेत रहनुपर्ने बताए । कम्युनिष्ट एकता, राजनीतिक स्थिरता, स्थाई सरकारको बाटोमा मुलुक गएको भन्दै उनले शिक्षा नीतिमा आमूल सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनमा शिक्षकहरूले खेलेको भूमिकालाई आत्मसात गर्दै अब बन्ने सरकारले शिक्षा क्षेत्रको बेथिति रोक्नका लागि काम गर्ने अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष दाहालले अहिले वाम गठबन्धन तोड्नका लागि ठूलो कसरत भइरहेको भन्दै यो दुष्चक्रमा आफूहरू नफस्ने बताए । अहिले कामचलाउ सरकारले देशलाई दूरगामी असर पार्ने निर्णयहरू गरिरहेको भन्दै उनले यसको प्रतिवाद सबै मिलेर गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसदहरू घनश्याम दाहाल अविनास, विजय सुवेदी, रामलाल महतो, नेपाल शिक्षक महासंघका उपमहासचिव पूर्णप्रसाद दवाडी, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेलगायतले बोलेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending