Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

भारतको विकासबाट नेपालले सिक्नुपर्छ : नेताहरु

\"\"काठमाडौं । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले भारतको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज अपराह्न ललितपुरमा आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले बहुआयामिक नेपाल–भारत सम्बन्ध २१औँ शताब्दी सुहाउँदो हुनुपर्ने बताए । दुईदशकपछि भारतमा एकमना सरकारले राज्य सञ्चालन प्रारम्भ गरेसँगै आर्थिक, सामाजिक, भौतिक प्रगतिको मार्गमा अग्रणी मुलुकका रुपमा आफूलाई भारतले चिनाएकाले उसको प्रगतिबाट नेपालले सिक्नुपर्ने उनीहरुको कथन थियो । पूर्वमन्त्री पशुपतिशम्शेर जबराले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबी घटाउने र जनतालाई फाइदा पुग्ने धेरै सुधारका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको दृष्टान्त प्रस्तुत गर्दै नेपालले पनि सुशासन प्रवद्र्धन एवं जनजीविकाका सवालमा भारतबाट धेरै सिक्न सक्ने बताए । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै असमान सन्धिको समीक्षा गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–भारत सम्बन्धका सबै आयाममा छलफल र समीक्षा गर्न प्रबुद्ध व्यक्ति समूह (इपिजी) गठन भएको बताए । उनले इपिजीबाटै २१औँ शताब्दी सुहाउँदो दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा पु¥याउन सिफारिस हुने विश्वास व्यक्त गरे । पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले विशाल, शक्तिशाली र समृद्ध भारतले आफ्नो सुरक्षा चासोलाई नेपालसँग स्पष्ट रुपमा प्रस्तुत गरेर पारस्परिक साझेदारीका साथ नेपालसँग सहकार्य गर्नुपर्ने सुझाव दिए । अर्का पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संघीय गणतन्त्र नेपाल निर्माणमा भारतको सद्भाव रहेको र तत्कालीन नेकपा (माओवादी) र सरकारबीच बाह्रबुँदे सहमति भारतमा नै हुनुले त्यसको पुष्टि गर्छ भने । अर्का पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले भूपरिवेष्टित राष्ट्रका विकासका आकांक्षा पूरा गर्न भारतले सघाउनुपर्ने विचार व्यक्त गर्दै राष्ट्रवादका चर्का कुरा सडकमा गरेर द्विपक्षीय सम्बन्धमा आँच आउने गतिविधि कहीँ कतैबाट हुनुहुँदैन भने । पूर्वमन्त्री अनिल झाले नेपाल र भारतबीचको अतुलनीय सम्बन्धलाई थप सुदृढ तुल्याउन एक अर्काले पिरमर्का बुझ्नुपर्ने बताए । समाजका अध्यक्ष प्रेम लस्करीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले लुम्बिनी, पशुपति र मुक्तिनाथ हरेक भारतीयका निम्ति गन्तव्यस्थल भएका र शताब्दीयाैं देखिको सांस्कृतिक सम्बन्धलाई तिनले थप घनिभूत तुल्याएका चर्चा गर्दैैै भारत–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा आपसी सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies