Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

राप्रपाको ‘भत्ता डिजाइन’ गच्छदारले चोरेपछि हंगामा

\"\"काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै काम चलाउ बनेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पछिल्लो समय लोकप्रिय बन्न बिभिन्न निर्णय गर्न थालेको छ । मन्त्रीहरुले जिल्लाको राजनीतिमा आफु लोकप्रिय बन्न मन्त्री परिषदमा प्रश्ताव लैजाने होडबाजी नै चलेको छ । केही समयअघि उद्योगमन्त्री सुनिलबहादुर थापाले २०३६ सालमा छिन्ताङ्गमा मारिएका १६ जनालाई शहीद घोषणा गर्नुपर्ने प्रस्ताव मन्त्री परिषदमा लगेर एकाएक चर्चामा आए । गृहमन्त्रीबाट मत्रीपषिदमा लैजानु पर्ने प्रश्ताव उद्योगमन्त्री थापाले लगेका हुन् । पछिल्लो समय जेष्ठ नागरिक भत्ता दिइने उमेर ७० बाट घटाएर ६५ मा झार्नुपर्ने प्रस्ताव मत्रीपरिषदबाट परित गराएर उपप्रधान तथा स्थानीय विकासमन्त्री गच्छदार जस लिने दाउमा छन् । राप्रपाको केन्द्रीय समितिमा उठेको सो प्रश्ताव मन्त्रीपरिषदमा गच्छदारले लगेका थिए । चुनाव लगत्तै बसेको राप्रपा केन्द्रीय समितिको बैठकमा हेमानन्दन गिरिले जेष्ठ नागरिक भत्ता दिइने उमेर ७० बाट घटाएर ६५ मा झार्नुपर्ने प्रस्ताव राखेकी थिइन्। राप्रपाको केन्द्रीय समितिमा उठेको सो प्रस्ताव थापाले मन्त्री परिषदमा उठाएनन । राप्रपा केन्द्रीय समितिको बैठक बसेको दुई महिनापछि उपप्रधान तथा स्थानीय विकासमन्त्री समेत रहेका कांग्रेस नेता गच्छदारले लगेर पारित समेत गराएपछि राप्रपाका नेता–कार्यकर्ताहरु पछुतो मानिरहेका छन्। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट पराजित बनेको राप्रपाकालागि अर्को निर्वाचनकालागि जनमत बटुल्ने गतिलो उपाय गुमाएकोमा अध्यक्ष कमल थापालाई नेता–कार्यकताले धिक्कारिहेका छन् । राप्रपाको प्रस्ताव ‘कपि’ गरेर गच्छदार लोकप्रिय बन्न लागेको राप्रपाका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार यतिबेला राप्रपाका अध्यक्ष थापादेखि केन्द्रीय समितिमा समेत पछुताउनेको संख्या अधिक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending