Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

प्रचण्ड-अोलीको सम्बन्ध चिस्याउन को-को छन् सक्रिय ? किन टाढिदैंछ वाम एकता ?

[caption id=\"attachment_159105\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फाेटाे[/caption] काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता चुनाव लगत्तै होला भन्ने कतिपयलाई लागेको थियो । त्यसपछि विभिन्न राजनीतिक घटनाक्रमले एकता प्रक्रिया लम्बियो, जसलाई स्वभाविक मान्न सकिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश गएपछि केही दिनका लागि राम्रै बाहाना मिल्यो । ओली विदेश भइन्जेल एमाले र माओवादीका नेताहरुले भनेका थिए, “ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन्छ ।” तर त्यस्तो नतिजा केही देखिएको छैन । ओली र माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अझै कुरा मिल्न नसकेको संकेत स्पष्ट छ । विशेषगरी पदीय भागबण्डामै कुरो अड्किएको आशंका पनि धेरैको छ । चुनावी गठबन्धनपछि ओली र प्रचण्डचिको सम्बन्ध राम्रो त भएको छ, तर ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी तयार भइसक्दा पनि एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने अवस्थामा पुग्न सकेको छैन । चुनावपछि सबैभन्दा ठूलो पार्टी बनेकाले ओली स्वभाविक रुपमा प्रधानमन्त्रीका दाबेदार हुन्, जसलाई जनताले पनि स्विकार गरिसकेका छन् । तर प्रचण्डलाई अध्यक्ष बनाउने र नबनाउनेमा सबै एकमत हुन सकेका छैनन् । एमालेले भने दलीय हैसियतका आधारमा ओली नै अध्यक्ष पनि प्रधानमन्त्री पनि बन्नुपर्छ भन्ने मान्यतामा छन् । त्यस्तै  माओवादीका नेताहरु प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष एक दिनुपर्ने लाइनमा छन् । खासगरि माअोवादी नेतादेखि कार्यकर्तासम्मले सामाजिक सञ्जालमा अात्मसमर्पण होइन एकता गर्न खोजेका हाैं भन्ने पोष्ट गरिरहेका छन् । तर एमालेका केहि भने माअोवादी एमालेसँग अात्मसमर्पण गर्न खोजेको भन्ने प्रतिक्रिया दिइरहेका छन् । तर माअोवादीका नेताहरू एमालेका त्यस्तो अभिव्यक्ति मान्न पट्टकै तयार छैनन् । माअोवादीका एक नेताकाअनुसार प्रचण्डलाइ अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद नदिए पार्टी एकताको बिषय दुर रहेको बताउँछन् । प्रचण्डलाई ओलीपछिको हैसियत दिएर महाधिबेसनमा जानुपर्ने एमालेको ठहर जस्तै छ । यो कुरा स्विकार गर्न नत प्रचण्डले सकेका छन्, नत माओवादीका नेताहरुले । अर्कोतिर एमालेकै बामदेव गौतम पक्षधर पनि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । अर्का नेता माधवकुमार नेपालले एकता गर्नका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने आशय व्यक्त गर्दै आएका छन् । यद्यपी प्रचण्डलाई कस्तो भूमिका दिने भन्नेमा बहस एमालेभित्र बहस भने भइरहेको छ । एमाले महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, शंकर पोखरेल र शेरधन राईहरु ओलीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै जोडदारका साथ लागेका छन् । सकभर अोली-प्रचण्डको सम्बन्ध चिस्याउन उनीहरू लागि परेको जस्तो देखिन्छ । एमालेभित्र प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्छ भन्नेमा खुलेर लागेका बामदेव गौतम र माधब नेपाल मात्रै हुन् । पार्टी एकता हुनुपर्छ भन्ने दबाब भने दुर्व दलको सबै नेतालाई छ । भिम रावल, प्रदिप ज्ञवाली र अग्नी खरेलहरु मध्यमार्गी बाटोमा छन््,जो पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्नुपर्छ भन्ने मनस्थितीमा देखिन्छन् । विहिबार वृहत पत्रकार सम्मेलन गरेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि गृहकार्य भइरहको त भने तर पदीय भागबण्डाको विषयमा खुलेर बोल्न सकेनन् । पत्रकारको ओलीले पार्टी एकताका लागि कार्यदलले काम गरिरहेको छ भन्दै पन्छिए । त्यसैले पदीय भागबण्डा पार्टी एकताको मूल समस्या हो भन्न सकिन्छ । ओली प्रचण्डबीचको सम्बन्ध राम्रो भएर नै एकता हुनुपर्छ भन्ने मनसाय सबैको छ । केही दिन बादल लागेर खुला भएको आकाश जस्तो एमाले–माओवादीबिचको पार्टी एकता कहिले हुने हो अझै भन्न सकिने अवस्था छैन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending