Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बनेपावासीको आक्रोशः पीडितले सुगम स्थानमै राहत पाएनन्

बनेपा, काभ्रेपलाञ्चोक जिल्लाको सुगम स्थानमा पनि भूकम्पपीडितले राहत सामग्री पाउन सकेका छैनन् । बनेपा नगरपालिका र आसपासका गाविसका सुगम स्थानमा समेत राहत सामग्री नपुग्दा बनेपा नगरपालिका कार्यालयमा राहत माग्ने भूकम्पपीडितको भीड लागेको छ । तर बनेपा नगरपालिकाले राहत सामग्री पर्याप्त नहुँदा वितरणमा समस्या आएको बताएको छ । बनेपा नगरपालिका–६ निवासी टङ्क मानन्धरले बनेपाको पुरानो बजार, तीनधारा, सरस्वती बजारमा पीडित परिवारले आफ्नो घरमा ताला लगाएर आफन्तकहाँ वा खुलाचौरमा बसेको जानकारी दिँदै वास्तविक भूकम्पबाट पीडितलेसमेत राहत नपाएको बताए । उनले घर पूर्णरुपमा क्षति भएका र आंशिक रुपमा क्षति भएकाको परिभाषित गरेर राहत उपलब्ध गराउनुपर्ने कुरामा जोड दिँदै सरकारी निकायबाट पर्याप्तमात्रामा राहत नआउँदा समस्या देखिएको बताए । स्थानीय दीलिप श्रेष्ठले बनेपाका भित्री घरको अवस्थाबारे स्थानीय प्रशासन र प्रहरी बेखवर भएको उल्लेख गर्दै भूकम्पबाट पीडितको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको आरोप लगाए । उनले गैरसरकारी संस्था वाइएमडीमार्फत केही खाद्यान्न र त्रिपाल वितरण भएकोसमेत जानकारी दिँदै पीडितले अहिलेसम्म सरकारी निकायबाट कुनै राहत नपाएको गुनासो गरे । बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश दाहालले माथिल्लो निकायबाट प्राप्त राहत सामग्री वितरण भएको तर पर्याप्तमात्रामा राहत सामग्री नआएकाले पीडितकहाँ पु¥याउन नसकिएको बताए । बनेपा नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रभित्र २२० घर पूर्णरुपमा क्षति भएका छन् । अरु ४५० घर आंशिक रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । नगरपालिकाका लागि झन्डै ५०० त्रिपाल आवश्यक भएकामा १७० मात्रै वितरण भएको छ । अहिले जिल्लामा विभिन्न गैरसरकारी संस्था, धार्मिक संस्थाबाट प्राप्त भएका करिब पाँच हजारको हाराहारीमा मात्रै त्रिपाल तथा खाद्यान्न वितरण भएको छ । यसैबीच, काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज जिल्लाको ज्याम्दी गाविसमा एक जनाको मृत्युभएपछि मृतकको सङ्ख्या ३१२ पुगेको छ । घटनामा परी ९०० को हाराहारीमा नागरिक घाइते भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending