Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

जुट्दै दानवीर हातहरुः जापानमा मात्रै डेढ अर्ब सङ्कलन

जापान, जति नै ठूलो घर भए पनि एक झट्कामै ढल्दो रहेछ । जति नै धन कमाए पनि खुला आकाशमुनिको बास हुँदो रहेछ ।। त्यसैले घर होइन, मन ठूलो बनाउँ । धन होइन, मन जोडौँ ।। गुल्मी अर्जै घर भई १० वर्षदेखि जापानको मेगुरोमा मजदुरी गर्दै आएका पिताम्बर गौतमको यो फेसबुकको भनाइ जतिको गहकिलो छ, भूकम्पपीडितको वास्तविक दृश्य पनि यो भनाइ जतिकै गहिरो छ । किनकि राजधानी काठमाडौंमा भूकम्पअघिका करोडपति अहिले रोडपति भएका छन् । तर के थाहा हिजो करोडपति हुँदा रोडपतिको व्यथा के थियो भनेर ? नेपालमा गत शनिबार गएको विनाशकारी भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति सहानुभूति जनाउँदै राहत वितरणमा अहिले पनि नेपालमा स्वदेशी र विदेशी दातृनिकाय लामबद्ध छन् । यद्यपि सडकबास भएका धेरैले अहिले पनि गाँस र बास पाएका छैनन् । खुला आकाशमुनि बसेर खाना कुर्नुबाहेक उनीहरुसँग विकल्प नै छैन । योभन्दा पनि बढी पीडित थिए सन् २०११ मा जापानका नागरिक । जापानमा सन् २०११ मार्चमा भूकम्पपछि आएको सुनामीले २० हजारभन्दा बढीको मृत्यु भएको थियो । हजारौँको घरबार गुमेको थियो । ती पीडितले अहिलेसम्म पनि घर बनाउन सकेका छैनन् । बेपत्ता भएका आफन्त भेटाउन सकेका छैनन् । त्यतिमात्र होइन विस्थापित भएका पुनःस्थापित भएका छैनन् । यी कुरा समाचारमा नआए पनि यहाँका धेरै नागरिकलाई थाहा छ । त्यतिबेला पीडितको उद्धारमा जुटेका नेपालीसहित विदेशी नागरिकले जापानमा गरेको साहसलाई भुलेका छैनन् । त्यही साहसको स्मरण गर्दै अहिले जापानभर नेपालमा भूकम्पको चर्चामात्रै होइन, कसरी पीडितलाई उद्धार गर्न सकिन्छ भनेर धेरथोर सहयोग गर्ने जापानीको लर्को छ । यिनै लर्कोमा लामबद्धमध्येका मासातोसी आकुनेले नेपालीलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँछन् । जापानको सिन्जुकु वार्ड इइदावासीस्थित जावातामीको प्रवन्धकसमेत रहेका आकुनेले नेपालीलाई परेको पीडा सबैले मनन गर्नुपर्ने भन्दै जतिसुकै रकम सङ्कलन गरे पनि नेपालीलाई नपुग्ने बताए । मानवीयसँगै भौतिक क्षति बढी छ । भौतिक संरचना बन्न पनि वर्षौँ लाग्ने र एउटै देश वा एकै नागरिकले ध्वस्त संरचना बनाउन नसक्ने भन्दै राहत सङ्कलनमा लाग्नुपर्ने बताए । उनी एउटा नमुनामात्र हुन्, जसले खुलेर नेपालीलाई सहयोग जारी राखेका छन् । उनीजस्ता यहाँ धेरै जापानीले अहिले पनि नेपालीबराबर भएर खटिएका छन् । यतिसम्मकी उनीहरुले कामको दौरान क्षणिक समयका लागि लगाइएका कामदारलाई समेत सहयोग गर्न अनुरोध गरेका छन् । त्यही अनुरोधलाई स्वीकार गरेर चन्दा सङ्कलन गर्ने होटल रेष्टुराँ क्षेत्रमा ख्याति कमाएको जापानको वातामी गु्रप नेपालीलाई सहयोग गर्नेमा दोस्रो वा तेस्रो हुने तयारीमा छ । यो ग्रुपअन्तर्गत प्रत्यक्षरुपमा काम गर्ने जापानी र विदेशी नागरिक गरी चार हजारभन्दा बढी कामदारले कम्तीमा दुई हजारदेखि अधिकतम ५० हजार जापानी येनसम्म चन्दा सङ्कलन गरेका छन् । अप्रत्यक्ष रुपमा काम गर्ने तीन हजारभन्दा बढीले पनि यही अनुपातमा रकम सहायता गरेका छन् । यो सबैको गर्दा करिब दुई करोडभन्दा बढी रकम नेपालीलाई उपलब्ध गराउने छ । वातामीलाई हालसम्म औपचारिक वा अनौपचारिक रुपमा कसैले सहयोगको अपिल त परैजाओस् भेट्नसमेत पाएका छैनन् । यसका लगानीकर्ता र प्रमुख व्यक्ति को हुन् भन्नेसमेत धेरैलाई थाहा छैन । तर पनि सहयोग रकम सङ्कलन कार्य तीव्र छ । आकुने प्रवन्धक रहेको वातामी ग्रुपमा नभएर जापानी नागरिक यतिसम्म सक्रिय भएर लागेका छन् कि उनीहरुले प्रत्येकजसो पसल तथा ठूलाठूला सुपरमार्केटमा समेत दानपात्र राखेका छन् । दानपात्रमा नेपालमा गएको भूकम्पपीडित नेपालीलाई सहयोग गरी मानवधर्म निभाउनोस् भनेर लेखिएको छ । राहत सङ्कलनमा यहाँका विश्वविद्यालयदेखि विद्यार्थी पनि उत्तिकै सक्रिय छन् । उनीहरुले मात्रै आजसम्म करिब २० लाख जापानी येनभन्दा बढी सङ्कलन गरिसकेको जनाएका छन् । उनीहरुले फुकुओका ओसाका, नागोया, टोकियोलगायतका स्थानमा अहिले पनि चन्दा सङ्कलन कार्यलाई रोकेका छैनन् । यो सबै गर्दा जापानी नागरिकबाट मात्रै १० करोडसहितभन्दा बढी रकम सङ्कलन भइसकेको छ । जापानी नागरिकबाहेक राष्ट्रिय विपतमा परेकालाई सेवा गर्नु नै मानवीय धर्म भन्दै नेपाली एक दर्जनभन्दा बढी सङ्घसंस्था पनि निरन्तर राहत सङ्कलनमा जुटिरहेका छन् । उनीहरुले पनि दैनिकजसो न्यूनतम १५ लाखभन्दा बढी सङ्कलन गरिरहेका छन् । जापानस्थित नेपाली दूतावासले पनि दिनहुँजसो यहाँका ठूलासाना सङ्घसंस्थालाई राहत सङ्कलन कार्यमा सघाउन आग्रह गर्दै आएको छ । दूतावासको पहलमा जापानको टोयोटा समूहले एक करोड जापानी येन सहयोगको घोषणा गरेको छ । त्यस्तै इयोन क्लब फाउन्डेसनले एक करोड जापानी येन र बौद्धमार्गी सङ्गठन सोका गाइकाले पाँच लाख जापानी येन उपलब्ध गराएको छ । सहयोगी हात निरन्तर बढिरहेका छन् । जापान सरकारले अहिलेसम्मकै बढी रकम ८० करोड डलर तत्कालका लागि उपलब्ध गराएको छ । यो सबै गर्दा जापानबाट मात्रै डेढ अर्बभन्दा बढी राहत रकम भूकम्पपीडितका नाममा सङ्कलन भएको छ । अझै पनि एनआरएन जापानको अभियान उत्तिकै सक्रिय छ । गल्कोट समाजले सुरु गरेको विपत् राहत अभियान २०७२ अन्तर्गत सङ्कलित ३० लाख रुपैयाँ नेपाल पठाइसकेको अध्यक्ष हर्क थापाले बताए । पीडितको उद्धारका लागि एनआरएन आइसिसी जापानका उपाध्यक्ष भुवन भट्ट एक करोड रुपैयाँ सहयोगसहित गत मङ्गलबारदेखि नेपालमा खटिरहेका छन्  । त्यस्तै आइची र गिफु जिल्लामा रेस्टुराँ व्यवसाय गर्दै आएका पाल्पाका तोयानाथ पोखरेलले ३० लाख जापानी येन र नेपाली जनसम्पर्क समितिले १४ लाख रुपैयाँ सङ्कलन गरिसकेको छ । त्यस्तै, विप्रेषण कम्पनी क्योदाई विप्रेषणले १० लाख जापानी येन जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी दीपक सुवेदीले आठ लाख १० हजार जापानी येन राहत र सुवेदी आबद्ध कर्लिम समाज र बिहुँकोट समाजले संयुक्त रुपमा पाँच लाख तथा दुवै संस्थाको संयुक्त पहलमा तीन लाख १० हजार जापानी येन सङ्कलन भइसकेको छ । एनआरएन जापानले सुरु गरेको भूकम्प उद्धार तथा सेवा समितिले जापानका विभिन्न स्थानमा भएको राहत कार्यक्रममा चार लाख ७७ हजार जापानी येन सङ्कलन भएको छ । त्यस्तै क्योदाइ विप्रेषणका अध्यक्ष युइचिरो किमोतो र प्रबन्ध निर्देशक कासीको किमोतोले संयुक्त रुपमा एक लाख जापानी येन, गोरखाली समाज र टोकियो ब्रदर्शलगायतका सङ्घ संस्थाले पनि एक लाख ३० हजार जापानी येन, जनप्रगतिशील समाजले एक लाख र स्याङ्जा सम्पर्क समाजले एक लाख जापानी येन पीडितलाई राहत दिइसकेका छन् । अझ समूहअनुसार हेर्ने हो भने त यसरी दान गर्ने दानवीरहरुको नामावली सयौँको सङ्ख्यामा पुग्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies