Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

मोदी-अोलीको एक महिनामा दुर्इ टेलिफोनः २१ तारिखमै फोन अाउनुको रहस्य ?

\"\"काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाको अन्तरालमा दोस्रो पटक नेकपा एमाले अध्यक्ष केपी ओलीसँग अाइतबार टेलिफोन कुराकानी गरेका छन् । नाकाबन्दी ताका प्रधानमन्त्री रहेका ओलीले त्यसबखत र पछि पनि राखेका अडानलाई लिएर उनलाई भारत-प्रतिकूल नेताका रुपमा भारतीय पक्षले चित्रण गरिरहँदा भएको पछिल्ला टेलिफोन कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । कतिपयले भने ओली बैंककबाट फर्केलगत्तै मोदीको फोन अाउनु अर्थपूर्ण रूपमा हेरिएको बताएका छन् । ओली बैंकक जाँदा चिनियाँ र भारतीय दुवै पक्षसँग राजनीतिक भेट गरेको समाचारहरू पनि सार्वजनिक भएका थिए ।विशेष दूतले बैंककमा भएको छलफलबारे जानकारी गराएपछि मोदीले ओलीलाई फोन एकाथरीको विश्लेषण छ । गत महिना मोदीले ओलीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै फोन गरेर कुराकानी गरेका थिए । २१ डिसेम्बरका दिन पनि मोदीले अोलीलार्इ फोन गरेका थिए । संयोग नै मान्नुपर्छ मोदीले अोलीलार्इ यो पटक पनि २१ जनवरीमै टेलिफोन गरेका छन् । अघिल्लो पटकको टेलिफोन कुराकानीमा आफूहरुले भारत र चीनसँग सहकार्य गर्न चाहेको अोलीले बताएका थिए । मोदीले यसपटक पनि भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई भारत भ्रमणको पुन: मौखिक निम्तो दिएको उल्लेख गर्दै ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, \"नेपालमा कहिलेसम्म सरकार बनिसक्छ भन्ने जिज्ञासा मोदीबाट राखिएको थियो । त्यसमा ओलीले फागुनको मध्यसम्ममा गठन हुनसक्ने मोटामोटी आकलन राख्नुभयो\"। जवाफमा ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथ भ्रमणको लागि निम्त्याएको अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि मोदीले सार्क शिखर सम्मेलनको मौका पारेर नेपाल आउँदा उक्त यात्रामा जाने इच्छा व्यक्त गरेको बताइएपनि तत्कालीन नेपाल सरकारले त्यसो नगर्न सुझाव दिएपछि त्यो रोकिएको थियो । उक्त विषयलाई लिएर नेपालमा राजनीतिक विवाद पनि चर्किएको थियो । भारतीय पक्षबाट पछिल्लो टेलिफोन कुराकानीबारे केही पनि खुलाइएको छैन ।एमाले अध्यक्षका निकटवर्तीहरुका अनुसार, मोदीले ओलीको स्वास्थ्यअवस्थाबारे पनि चासो राखेका थिए । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि नेपालमा अब बन्ने सरकार आफू अनुकूल नहुने भारतले ठानेको भन्ने विवरणका माझ मोदीले अोलीसँग लगातार गरेको टेलिफोन कुराकानीलाई सम्भावित परिस्थिति आउन नदिने प्रयासका रुपमासमेत हेरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending