Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

उत्तर कोरियाली प्रतिनिधि पुगे दक्षिण कोरिया

\"\"आगामी महिना शीतकालीन ओलिम्पिक्स हुने स्थलहरूको निरीक्षण गर्ने एक महत्त्वपूर्ण भ्रमणका क्रममा एउटा उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ। लोकप्रिय मोराङबोङ् महिला ब्याण्डकी नेतृ तथा उत्तर कोरियामा ख्याति कमाएकी ह्युन सङ-वोलले सो प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्। दुई वर्षयता पहिलो पटक भएको उच्चस्तरीय वार्तापछि उत्तर कोरियाले शीतकालीन ओलिम्पिक्समा आफ्नो एउटा टोली पठाउने सहमति जनाएको थियो। उत्तर कोरियाको पारमाणविक अस्त्र कार्यक्रमलाई लिएर उत्पन्न महिनौँदेखिको तनावपछि उक्त निर्णयलाई एउटा महत्त्वपूर्ण कूटनीतिक कदमको रूपमा हेरिएको छ। व्यापक सुरक्षा बन्दोबस्ती भएको सीमाबाट उत्तर कोरियाली प्रतिनिधिमण्डल सवार बस दक्षिण कोरियाका लागि प्रस्थान गर्दै गरेको तस्वीर स्थानीय सञ्चारमाध्यमले प्रकाशमा ल्याएका छन्। सयौँ प्रहरी अधिकारीबाट घेरिएका प्रतिनिधिमण्डलका सदस्यहरू त्यसपछि रेल चढेर पूर्वी शहर ग्याङनुङ्का लागि प्रस्थान गरे। तर दक्षिण कोरियाली क्यामेराहरू ह्युन सङ-वोलमा बढी केन्द्रित थिए। उनी र मोराङबोङ् ब्याण्डका १० सदस्य उत्तर कोरियाका आकर्षक अनुहार हुन्। प्योङयाङ्ले उनीहरूलाई \'स्पाइस गर्ल्स\' का रूपमा चित्रण गर्ने गरेको छ। एकताका ह्युन सङ-वोल उत्तर कोरियाली नेता किम जङ-अनकी \'केटी साथी\' हुन् भन्ने अफवाह चलेको थियो। यद्यपि उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरूले त्यसको खण्डन गरेका थिए। गत चार वर्षयता प्योङयाङ्का अधिकारीहरूले दक्षिण कोरियाको भ्रमणमा गएको यो पहिलो पटक भएको बताइएको छ। उत्तर कोरियाली प्रतिनिधिमण्डलमा खेलाडी, अधिकारीहरू र खेलकुदका क्रममा नृत्य गर्ने \'चिअरलिडर्स\' छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies